back
CTIZAN AD

श्रमजीवी मजदुर आयोग गठन गर्न माग

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

१५ असोज, काठमाडौँ  । श्रमजीवी टे«ड युनियन महासङ्घ नेपालले यथाशीघ्र अधिकार सम्पन्न श्रमजीवी मजदुर आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष रामबहादुर तामाङले जतिसक्दो चाँडो सरकारले अधिकार सम्पन्न श्रमजीवी मजदुर आयोग गठन गर्नुपर्ने माग गर्नुभयो ।

महासङ्घले अनौपचारिक क्षेत्रमा काम गर्ने मजदुरको पारिश्रमिक समयसापेक्ष वृद्धि गर्नुपर्ने, मजदुरलाई रासन कार्डको व्यवस्था गर्नुपर्ने, निःशुल्क जीवन बिमा, साना व्यवसायीलाई बिना धितो कर्जा व्यवस्था गर्नुपर्ने, श्रमजीवी मजदुर सङ्गठन र नेपाल उद्योग वाणिज्य महासङ्घबीच भएको सम्झौता तत्काल लागू हुनुपर्नेलगायत माग गरेको छ ।

कार्यक्रमका पूर्व क्षेत्रीय प्रशासक ललितबहादुर थापाले मजदुरको हकहितका लागि महासङ्घले उठाएका माग जायज रहेकाले सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उक्त महासङ्घका महासचिव नेत्रबहादुर लिम्बूले श्रमजीवी मजदुरको हक, हित तथा अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रमा आबद्ध मजदुर तथा कलाकार महासङ्घमा प्रवेश गरेका थिए । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १४:५६ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...