back
CTIZAN AD

सर्वस्वीकार्य संविधानलाई कसैले पनि मान्दैनन् भन्न पाँइदैन: उपाध्यक्ष गौतम

वि.सं.२०७३ असोज १५ शनिवार

1.1K 

shares

 

bamdev

१५ असोज,काठमाडौँ  । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताउनुभएको छ ।

एमाले काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेका शुभविजयादशमी, दिपावली, छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले संविधान कानुन बमोजिम दुई तिहाइ सांसदले पारित गरेको सर्वस्वीकार्य भएको भन्दै कसैले पनि संविधानलाई मान्दैनन् भन्न नपाउने बताउनुभयो ।

उहाँले खुलेआम मुलुकको सबभन्दा ठूलो कानुन संविधान नमान्ने नेपाली हुन नसक्ने भन्दै नेपालीले नेपालका लागि जारी गरिएको संविधान भारतले असन्तुष्टि हुन कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।

अघिल्लो सरकार गिराउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो – “अघिल्लो सरकारको नीति कार्यक्रम र बजेट लागू गर्नुु नै थियो भने किन सरकार गिराएको ?”

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य सावित्रा भुसाल, काठमाडौँ जिल्ला कमिटी सदस्य कृष्ण राई, काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनाली, क्षेत्र नंका अध्यक्ष बालगोपाल उपाध्यक्षलगायतले शुभकामना दिँदै संविधान कार्यान्वयनमा जोड दिनुभयो । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १५:०५ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...