Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

सर्वस्वीकार्य संविधानलाई कसैले पनि मान्दैनन् भन्न पाँइदैन: उपाध्यक्ष गौतम



 

bamdev

१५ असोज,काठमाडौँ  । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान जारी भएपछि सर्वस्वीकार्य रुपमा मान्नुपर्ने बताउनुभएको छ ।

एमाले काठमाडौँ क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेका शुभविजयादशमी, दिपावली, छठको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले संविधान कानुन बमोजिम दुई तिहाइ सांसदले पारित गरेको सर्वस्वीकार्य भएको भन्दै कसैले पनि संविधानलाई मान्दैनन् भन्न नपाउने बताउनुभयो ।

उहाँले खुलेआम मुलुकको सबभन्दा ठूलो कानुन संविधान नमान्ने नेपाली हुन नसक्ने भन्दै नेपालीले नेपालका लागि जारी गरिएको संविधान भारतले असन्तुष्टि हुन कुनै कारण नभएको प्रष्ट पार्नुभयो ।

अघिल्लो सरकार गिराउनुपर्ने कुनै कारण नभएको बताउँदै उहाँले प्रतिप्रश्न गर्नुभयो – “अघिल्लो सरकारको नीति कार्यक्रम र बजेट लागू गर्नुु नै थियो भने किन सरकार गिराएको ?”

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य सावित्रा भुसाल, काठमाडौँ जिल्ला कमिटी सदस्य कृष्ण राई, काठमाडौँ महानगरपालिकाका पूर्व उपमेयर विदुर मैनाली, क्षेत्र नंका अध्यक्ष बालगोपाल उपाध्यक्षलगायतले शुभकामना दिँदै संविधान कार्यान्वयनमा जोड दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले