back
CTIZAN AD

तीन बुँदे सहमतिको अक्षरसः पालन हुनुपर्छ : अध्यक्ष महतो

वि.सं.२०७३ असोज १५ शनिवार

1.2K 

shares

rajendra-mahato

१५ असोज, विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनको प्रस्ताव अविलम्ब संसद्मा दर्ता हुनुपर्ने बताउनुभएको छ ।

सद्भावना पार्टीद्वारा आज विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले मधेसीको माग पूरा नभएमा छठ पर्वपछि पार्टी आन्दोलनमा जाने स्पष्ट पार्नुभएको छ ।

मधेसी मोर्चाले गरेको तीन बुँदे सहमतिको अक्षरसः पालन हुनुपर्नेमा जोड दिँदै उहाँले सो सहमतिअनुसार मधेस आन्दोलनका थप १६ जनालाई सहिद घोषणा गर्नुपर्ने र आन्दोलनका क्रममा पक्राउमा परेका व्यक्तिको मुद्दा फिर्ता हुनुपर्ने उल्लेख गर्नुभयो ।

मधेसीको वेशभूषा, संस्कृति र पहिचानको लडाँई रहेको भन्दै उहाँले मधेसीको माग पूरा नभएको अवस्थामा अन्य दलले कुनै बहानामा मधेस आन्दोलन छाडेर गएपनि आफ्नो पार्टीले मधेस आन्दोलन निरन्तर जारी राख्ने उद्घोष गर्नुभयो ।

सो पार्टीका वरिष्ठ नेता बद्री मण्डलले मधेसवादी नेताले के गरिरहेका छन् भन्ने विषयमा मधेसका जनताले नियालेर हेरिरहेको प्रसङ्ग उल्लेख गर्दै मधेसको नारालाई बेचेर खाने नेताबाट सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सो पार्टीका जिल्ला अध्यक्ष चन्द्रप्रसाद राजवंशीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यद्वय दिलीप धाडेवाल र राजेन्द्रकुमार गुप्ता लगायतले बोल्नुभएको थियो ।

सो अवसरमा तत्कालीन मधेसी जनाधिकार फोरम नेपालका जिल्ला सचिव राधे कामतलगायत ३२ जना सद्भावना पार्टीमा प्रवेश गरेका थिए । रासस

वि.सं.२०७३ असोज १५ शनिवार १५:१४ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...