back

यसवर्षको छिन्नलता गीत पुरस्कार गदाललाई

वि.सं.२०७५ जेठ १७ बिहीवार

924 

shares


छिन्नलता गीत पुरस्कार गुठीले २०७४ सालको पुरस्कार तथा सम्मानको घोषणा गरेको छ।  गुठीले २०७४ सालको गीत रचना पुरस्कारबाट ज्ञानेन्द्र गदाललाई पुरस्कृत गरिने घोषणा गरेको छ ।

गदाल २०४० को पुर्वाधबाट नेपाली गीतमा मौलिकता, नविनता, र प्रवृत्तिगत पहिचान स्थापनामा निरन्तर सक्रिय रहेका छन् । उनले ५०० बढी गीतहरू लेखिसकेका छन् भने आधा दर्जन एल्बम प्रकाशन भएका छन् । रेकर्ड भएका १५० बाट दर्जनबढी गीतहरू सदाबाहार चर्चामा रहेका पाइन्छन् । गदालले पुरस्कृत गर्न लागिएको उक्त पुरस्कारको राशी ५१, ००० नगद र सम्मान रहेको जनाइएको छ ।

त्यसैगरी गुठीले संगीत रचनामा बसन्त क्षेत्री र गायनमा संगीता राना प्रधानलाई पुरस्कृत गरिने जनाएको छ।

गुठिले विभिन्न विधाका व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान गर्ने समेत जनाएको छ। गायिका मेलिना राई र गायक संगीतकार राजनराज शिवाकोटीलाई ‘कुटुमा कुटु’ गीतका लागि संयुक्त रुपमा युवा प्रतिभा पुरस्कार दिइने बताइएको छ । त्यस्तै वरिष्ठ संगीतकार शान्ति ठटाल र वरिष्ठ गीतकार शिवशंकर थापालाई छिन्नलता विशेष सम्मान प्रदान गरिने छ।

पुरस्कार र सम्मान गुठीले संस्थापक तथा गीतकार रमोलादेवी शाह छिन्नलताको जन्मजयन्ति पारेर साउन ७ गते एक समारोह बिच हस्तान्तरण गरिने गुठीले जनाएको छ।

वि.सं.२०७५ जेठ १७ बिहीवार १७:२५ मा प्रकाशित

Himalayan Life AD
न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...

कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा – महासचिव नेम्बाङ 

कांग्रेसको बिशेष महाधिवेशनको पक्षमा – महासचिव नेम्बाङ 

नेपाली जनसम्पर्क समिति अमेरिकाको महासचिव मुनिन्द्र नेम्बाङले एक बिज्ञप्ति प्रेसित...

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

दुर्घटनामा परेका रन बहादुरलाई सिसेल्सवासी नेपालीको आर्थिक सहयोग

सेसेल्स । सेसेल्समा काम गर्ने क्रममा दुर्घटनामा परेका रन बहादुर...

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

क्यान्सर रोगले पीडित अन्जनालाई एनआरएनए सेसेल्सको आर्थिक सहयोग

सिसेल्स । माई नगरपालिका वडा नं ९ ईलाम निवास वर्ष...