back

काङ्ग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी

वि.सं.२०८२ असोज ३१ शुक्रवार

525 

shares

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ। मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

विहिबारको बैठकमा डा. शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आफ्नो धारणा राखेका थिए।

बैठकको प्रारम्भमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएका थिए भने महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठक आज विहान ११ बजे पार्टीको केन्द्रीय सानेमा पुनः बस्ने छ ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार ०९:१८ मा प्रकाशित

Himalayan Life AD
प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

प्रतिनिधिसभा र राष्ट्रियसभा चुनावका लागि दल दर्ता आव्हान

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनका...

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत)। दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु...

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको...

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

आज शुक्रबार : तपाईंको राशिफल कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)...

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

पूर्वमन्त्री दिपक खड्काले बनाएको संरचनामा डोजर

काठमाडौं । काठमाडौं महानगरले नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा...

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

मानसिक स्वास्थ्य सेवा सुदृढ गर्ने उपाय

नेपालमा आधुनिक मानसिक स्वास्थ्य सेवाको इतिहास धेरै लामो छैन ।...