back
CTIZAN AD

जेनजीलाई ऐतिहासिक निर्वाचन सफल पार्न राष्ट्रपतिको अनुरोध

वि.सं.२०८२ असोज ३१ शुक्रवार

888 

shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई ऐतिहासिक बनाउन जेनजी अभियन्ताहरूलाई आग्रह गरेका छन् । बिहीबार शीतल निवासमा अन्तरिम सरकार र अभियन्ताहरूसँगको छलफलमा उनले भ्रष्टाचार, नातावाद र पक्षपातमुक्त देश निर्माणका लागि यो निर्वाचनलाई महाअभियान बनाउन जोड दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, युवा आन्दोलनको बलमा नयाँ निर्वाचन घोषणा भएको हो । पौडेलले निर्वाचनलाई राष्ट्रको काँचुली फेर्ने अवसरका रूपमा लिन आग्रह गर्दै असल र इमानदार नेतृत्व चयन गर्न युवाहरूलाई प्रोत्साहन गरे ।

उनले भ्रष्ट र अनैतिक व्यक्तिहरूलाई पराजित गरी सुशासन र न्यायको बाटोमा देश अघि बढाउनुपर्ने बताए । साथै, युवाहरूको विदेश पलायन रोक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपतिको आग्रहलाई मार्मिक र भावुक भन्दै उनको अनुभव र सङ्घर्षको सम्मान गर्न आग्रह गरिन् । जेनजी प्रतिनिधिहरूले आफ्नो आन्दोलन भ्रष्टाचार र कुशासनविरुद्ध भएको, तर संविधान र लोकतन्त्रविरुद्ध नरहेको स्पष्ट पारे ।

उनीहरूले माग पूरा भएपछि निर्वाचनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे । बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापालगायत अभियन्ताहरू सहभागी थिए ।

वि.सं.२०८२ असोज ३१ शुक्रवार ०७:१४ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...