back
CTIZAN AD

लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन

वि.सं.२०७५ जेठ १७ बिहीवार

672 

shares

१७ जेठ, भक्तपुर । चाँगुनारायण नगरपालिकाले लक्ष्यभन्दा ७३ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।

जनप्रतिनिधिले एक वर्षमा गरेको कामको प्रगति विवरण सार्वजनिक गर्दै नगर प्रमुख सोमप्रसाद मिश्रले नगरपालिकाले करीब रु चार करोड ४५ लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा रु सात करोड ६९ लाखसंकलन गरेको जानकारी दिए ।

सो अवधिमा १९ ऐन कानून पारित गरेको, नगरपालिकालाई सूचना प्रविधिमा विकास गर्दै घरधुरी सर्वेक्षण, डिजिटलाइज्ड सिस्टम लागू गरेको र पर्यटन क्षेत्रको विकासका लागि कार्यक्रम अगाडि सारेको जनाइएको छ ।

त्यस्तै २४ सै घण्टा तयारी अवस्थामा रहन गृह मन्त्रालयसँग सीधै सम्पर्क रहने गरी विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापनका लागि नगरस्तरीय आपत्कालीन कार्य सञ्चालन गरिने भएको छ । नगरपालिका क्षेत्रमा शतप्रतिशत विद्यार्थी भर्ना व्यवस्था गरिएको, सडक निर्माण, शिक्षा र स्वास्थ्यको विकास एवं अनुदानको कार्यक्रमलाई अगाडि बढाइएको नगर प्रमुख मिश्रले जानकारी दिए ।

वि.सं.२०७५ जेठ १७ बिहीवार १९:२५ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

कामपाको बजेट: करको दर हेरफेर, आफ्नै अस्पतालदेखि घर-घरमा नागरिकता र परिचयपत्र

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...