back
CTIZAN AD

पुल मर्मतसम्भार नहुँदा जोखिम मोल्दै यात्रु

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

१७ असोज,जाजरकोट। यहाँको भेरी नदी तथा साना सहायक नदीमा रहेका दर्जन पुल जीर्ण बन्दै गएका छन् । रुकुम र जाजरकोट दुवै जिल्लाका सरोकारवालाले खासै ध्यान नदिँदा पुल जीर्ण बनेका हुन् ।

समयमा पुल मर्मतसम्भार नहुँदा यात्रु भेरी नदी तथा अन्य नदीमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् ।

जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुङ्गे पुल निर्माण भएको ३८ वर्ष भयो तर अहिलेसम्म मर्मत हुन सकेको छैन ।

त्यस्तै राणाकालमा बनेको मटेला पुलदेखि दर्जनौँ स्थानका पुल जीर्ण अवस्थामा रहेका छन् । रिम्ना, चिसा, राडी ज्यूला, तल्लुबगर, दामाचौरलगायत दर्जन बढी स्थानमा रहेका पुल वारपार गर्न धौधौ हुने गरेको भगवती तल्लुबगरका अमर बस्नेतले बताउनुभएको छ ।

पुलका दायाँबायाँ र बीचका लठ्ठा, नटभोल्ट खिया लागेर झरेका छन् तर उक्त पुल मर्मतमा कसैको पनि चासो नगएको उहाँले भन्नुभयो ।

कर्णाली अञ्चलको जुम्ला र डोल्पासम्म आवतजावत गर्ने बाटोमा पर्ने पुल मर्मत नहुँदा घोडा खच्चडबाट सामान ओसारपसार गर्न समस्या हुने गरेको डोल्पाका रामचन्द्र न्यौपानेले बताउनुभयो ।

भेरी नदीबाहेकका अन्य खोलाका पुल पनि जीर्ण अवस्थामा रहेका छन् । जिल्लाको छेडागाड, मजकोट खोला, सरुगाढ, नलसिंहगाडलगायतका खोलाका पुल पनि मर्मत हुन सकेका छैनन् ।

पुल मर्मतका लागि जिविस, जाजरकोट र रुकुम एक अर्काको मुख ताकेर बस्ने गरेकाले पनि समस्या उब्जिएको हो । दुवै जिल्लाको बीचमा बग्ने भेरी नदीको अधिकांश स्थानमा पुल निर्माण भएको वर्षौं बिते पनि मर्मत सम्भारमा कसैले पनि चासो दिएको देखिँदैन ।

जाजरकोट जिल्लामा एक सय बढी झोलुङ्गे पुल रहेका छन् । भेरीका सबै पुल जाजरकोटले नै निर्माण गरेको हो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०८:५२ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...