Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

पुल मर्मतसम्भार नहुँदा जोखिम मोल्दै यात्रु



१७ असोज,जाजरकोट। यहाँको भेरी नदी तथा साना सहायक नदीमा रहेका दर्जन पुल जीर्ण बन्दै गएका छन् । रुकुम र जाजरकोट दुवै जिल्लाका सरोकारवालाले खासै ध्यान नदिँदा पुल जीर्ण बनेका हुन् ।

समयमा पुल मर्मतसम्भार नहुँदा यात्रु भेरी नदी तथा अन्य नदीमा ज्यानको बाजी लगाएर वारपार गर्न बाध्य भएका छन् ।

जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुङ्गे पुल निर्माण भएको ३८ वर्ष भयो तर अहिलेसम्म मर्मत हुन सकेको छैन ।

त्यस्तै राणाकालमा बनेको मटेला पुलदेखि दर्जनौँ स्थानका पुल जीर्ण अवस्थामा रहेका छन् । रिम्ना, चिसा, राडी ज्यूला, तल्लुबगर, दामाचौरलगायत दर्जन बढी स्थानमा रहेका पुल वारपार गर्न धौधौ हुने गरेको भगवती तल्लुबगरका अमर बस्नेतले बताउनुभएको छ ।

पुलका दायाँबायाँ र बीचका लठ्ठा, नटभोल्ट खिया लागेर झरेका छन् तर उक्त पुल मर्मतमा कसैको पनि चासो नगएको उहाँले भन्नुभयो ।

कर्णाली अञ्चलको जुम्ला र डोल्पासम्म आवतजावत गर्ने बाटोमा पर्ने पुल मर्मत नहुँदा घोडा खच्चडबाट सामान ओसारपसार गर्न समस्या हुने गरेको डोल्पाका रामचन्द्र न्यौपानेले बताउनुभयो ।

भेरी नदीबाहेकका अन्य खोलाका पुल पनि जीर्ण अवस्थामा रहेका छन् । जिल्लाको छेडागाड, मजकोट खोला, सरुगाढ, नलसिंहगाडलगायतका खोलाका पुल पनि मर्मत हुन सकेका छैनन् ।

पुल मर्मतका लागि जिविस, जाजरकोट र रुकुम एक अर्काको मुख ताकेर बस्ने गरेकाले पनि समस्या उब्जिएको हो । दुवै जिल्लाको बीचमा बग्ने भेरी नदीको अधिकांश स्थानमा पुल निर्माण भएको वर्षौं बिते पनि मर्मत सम्भारमा कसैले पनि चासो दिएको देखिँदैन ।

जाजरकोट जिल्लामा एक सय बढी झोलुङ्गे पुल रहेका छन् । भेरीका सबै पुल जाजरकोटले नै निर्माण गरेको हो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।