back
CTIZAN AD

अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक: उद्योगमन्त्री जोशी

वि.सं.२०७३ असोज १७ सोमवार

1.2K 

shares

१७ असोज ,बुटवल (खस्यौली)। उद्योग मन्त्री नवीन्द्रराज जोशीले उद्योग सञ्चालनसम्बन्धी सूचना प्रवाहका लागि अब प्रत्येक जिल्लामा उद्यमी उत्प्रेरक राखिने बताउनुभएको छ ।

त्यस्ता उद्यमी उत्प्रेरकले सूचना केन्द्रको स्रोत व्यक्तिधका रुपमा काम गर्ने हँदा औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास पनि उहाँले दिलाउनुभयोे ।
नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा गरेको सङ्क्षिप्त पत्रकार भेटघाट कार्यक्रममा हालै पारित भएको औद्योगिक व्यवसाय ऐनमा व्यवस्था गरिएको ‘नो वर्क नो पे’ मुलुकको औद्योगिक विकासका लागि मजबुत जग बन्नेमा जोड दिंदै उहाँले मुलुकको उद्योग व्यवसाय धाराशायी हुँदै गएको अवस्थामा औद्योगिक विकासका लागि मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रुपमा औद्योगिक व्यवसाय ऐन लागू गरेको हो भन्नुभयो ।
उहाँले उक्त ऐनभित्र व्यवस्था गरिएको ‘नो वर्क नो पे’ ले उद्योगधन्दामा बन्द हडताल गर्न नपाउने हुँदा उद्योगी व्यवसायी लाभान्वित हुने तर मजदुरका कारणबाहेक अन्य समस्याले उद्योग बन्द भए त्यस्तो समस्या समाधानका लागि उद्योगी, मजदुरका प्रतिनिधि र सरकार बसेर समाधान गर्ने बाटो खुला राखिएको उहाँको भनाइ छ ।
मुलुकको आयात प्रतिस्थापनका लागि सबै नेपाली युवा तरुणलाई उद्योगी बनाउने नीति मन्त्रालयको रहेको बताउँदै उहाँले लघु तथा ग्रामीण क्षेत्रमा सञ्चालित उद्योग तथा ठूला उद्योगका लागि प्रवद्र्धनात्मक कार्यक्रम ल्याइएको जानकारी पनि दिनुभयो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०८:४९ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...