back
CTIZAN AD

आदर्श विद्या मन्दिरद्वारा ‘दि लायन किङ’ मञ्चन

वि.सं.२०७३ असोज १७ सोमवार

1.4K 

shares

१७ असोज,काठमाडौँ। आदर्श विद्या मन्दिर मानभवन ललितपुरले आफ्नो स्वर्णजयन्तीको उपलक्ष्यमा आइतबार आर्मी अफिसर्स क्लबमा ‘दि लायन किङ’ मञ्चन ग¥यो ।

सन् १९९४ मा निर्मित डिज्ने वल्र्डमा आधारित यो साङ्गीतिक नाटक ब्रोडवे कम्पनीको तेस्रो सबैभन्दा लामो चलचित्र हो । कम्पनीको यो चलचित्रले सबैभन्दा धेरै एक अर्ब डलरभन्दा बढी कमाएको थियो । यो नाटकमा विशेषतः प्रकृतिको संरक्षण र वन्यजन्तुप्रति सम्मान दर्शाउनुपर्ने सन्देश रहेको छ ।

सिंहराजा मुसाफाले आफ्नो छोरो सिम्बालाई संसारको पर्यावरणीय चक्रबारे जानकारी दिएको हुन्छ र उसलाई आफ्नो मुलुकको सिमाना नाघेर नजान चेतावनी पनि दिएको हुन्छ ।

एकदिन राजगद्दीको लालसा राख्ने आफ्नै भाइ स्कारको षडयन्त्रका कारण जङ्गली भैँसीहरुको धक्कामुक्काबाट सिंहराजा मारिन्छ । तर ऊ आफ्नो छोरो सिम्बालाई भने बचाउन सफल हुन्छ । सिम्बा बुबाको मृत्युपछि मुलुकबाहिर भट्किन पुग्छ र आफ्नो पहिचान नै भुल्न पुग्छ । यसपछि भने प्राणीहरुको त्यो रमाइलो संसारमा खाना र पानीको अभाव हुन्छ । सिम्बाले एकदिन पोखरीमा आफ्नो अनुहार हेरेपछि आफू बलशाली सिंहराजाको सन्तति भएको थाहा पाउँछ । ऊ स्वदेश फर्कन्छ र आफ्नो राज्य हातमा लिन आफ्नै काकासँग लडाइँ गर्छ ।

नाटक मञ्चन भइरहुन्जेल दर्शकहरु मन्त्रमुग्ध हुनपुग्छ । सङ्गीत कर्णप्रिय छ र संवाद सन्देशमूलक र सरल छन् ।
एक सय २५ विद्यार्थीहरुको यो सामूहिक प्रयास यो कारण प्रशंसायोग्य रह्यो कि नाटक अवधिभर कुनै पनि पात्रप्रति खोट लगाउने ठाउँ भेटिँदैन । कलाकारहरुमा विशेषतः अभय बज्राचार्य (मुसाफा), रेबिका घिमिरे (बेबी सिम्बा) र अनिश मानन्धर (स्कार) को अभिनय कला तारिययोग्य छन् ।
चौथो पटक मञ्चित यस नाटकबाट सङ्कलित रकम बुङ्गमतीस्थित आदर्श सल विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरुलाई प्रदान गरिने आदर्श विद्या मन्दिरका प्राचार्य सुजिता मानन्धर बताउनुहुन्छ । यो विद्यालय प्रख्यात शिक्षाप्रेमी स्व. सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गर्नुभएको हो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०९:०७ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...