Logo
७ आश्विन २०८०, आईतवार
     Sun Sep 24 2023
E-paper
  English Edition
   Unicode
Logo

आदर्श विद्या मन्दिरद्वारा ‘दि लायन किङ’ मञ्चन



१७ असोज,काठमाडौँ। आदर्श विद्या मन्दिर मानभवन ललितपुरले आफ्नो स्वर्णजयन्तीको उपलक्ष्यमा आइतबार आर्मी अफिसर्स क्लबमा ‘दि लायन किङ’ मञ्चन ग¥यो ।

सन् १९९४ मा निर्मित डिज्ने वल्र्डमा आधारित यो साङ्गीतिक नाटक ब्रोडवे कम्पनीको तेस्रो सबैभन्दा लामो चलचित्र हो । कम्पनीको यो चलचित्रले सबैभन्दा धेरै एक अर्ब डलरभन्दा बढी कमाएको थियो । यो नाटकमा विशेषतः प्रकृतिको संरक्षण र वन्यजन्तुप्रति सम्मान दर्शाउनुपर्ने सन्देश रहेको छ ।

सिंहराजा मुसाफाले आफ्नो छोरो सिम्बालाई संसारको पर्यावरणीय चक्रबारे जानकारी दिएको हुन्छ र उसलाई आफ्नो मुलुकको सिमाना नाघेर नजान चेतावनी पनि दिएको हुन्छ ।

एकदिन राजगद्दीको लालसा राख्ने आफ्नै भाइ स्कारको षडयन्त्रका कारण जङ्गली भैँसीहरुको धक्कामुक्काबाट सिंहराजा मारिन्छ । तर ऊ आफ्नो छोरो सिम्बालाई भने बचाउन सफल हुन्छ । सिम्बा बुबाको मृत्युपछि मुलुकबाहिर भट्किन पुग्छ र आफ्नो पहिचान नै भुल्न पुग्छ । यसपछि भने प्राणीहरुको त्यो रमाइलो संसारमा खाना र पानीको अभाव हुन्छ । सिम्बाले एकदिन पोखरीमा आफ्नो अनुहार हेरेपछि आफू बलशाली सिंहराजाको सन्तति भएको थाहा पाउँछ । ऊ स्वदेश फर्कन्छ र आफ्नो राज्य हातमा लिन आफ्नै काकासँग लडाइँ गर्छ ।

नाटक मञ्चन भइरहुन्जेल दर्शकहरु मन्त्रमुग्ध हुनपुग्छ । सङ्गीत कर्णप्रिय छ र संवाद सन्देशमूलक र सरल छन् ।
एक सय २५ विद्यार्थीहरुको यो सामूहिक प्रयास यो कारण प्रशंसायोग्य रह्यो कि नाटक अवधिभर कुनै पनि पात्रप्रति खोट लगाउने ठाउँ भेटिँदैन । कलाकारहरुमा विशेषतः अभय बज्राचार्य (मुसाफा), रेबिका घिमिरे (बेबी सिम्बा) र अनिश मानन्धर (स्कार) को अभिनय कला तारिययोग्य छन् ।
चौथो पटक मञ्चित यस नाटकबाट सङ्कलित रकम बुङ्गमतीस्थित आदर्श सल विद्यालयका अपाङ्गता भएका विद्यार्थीहरुलाई प्रदान गरिने आदर्श विद्या मन्दिरका प्राचार्य सुजिता मानन्धर बताउनुहुन्छ । यो विद्यालय प्रख्यात शिक्षाप्रेमी स्व. सत्यनारायण बहादुर श्रेष्ठले स्थापना गर्नुभएको हो । रासस


-->

विक्रम गिरी, हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत चीनको हाङ्जाउमा आइतवार भएको

काठमाडौँ । आर्थिक क्षेत्रका विज्ञहरूले नेपाल र चीनबीच सम्झौता गर्दा र सम्झौता कार्यान्वयनका लागि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज

एकराज पाठक,बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुवाती दुई महिनामा मुलुकले रू दुई खर्ब