back

दसैँलाई २१ हजार भेडाच्याङ्ग्रा बाहिरिए

वि.सं.२०७३ असोज १७ सोमवार

609 

shares
IME Limited
NTC AD

१७ असोज,मुस्ताङ । हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँलाई आइतबारसम्म २१ हजार भेडाच्याङ्ग्रा बाहिरिएका छन् ।

जिविसले यहाँबाट बाहिरिने एउटा भेडाच्याङ्ग्राका लागि रु ६५ का दरले व्यवसायीबाट कर असुली गरेको छ । म्याग्दी र मुस्ताङको सिमाना घासामा रहेको उक्त कर सङ्कलन केन्द्रका अनुसार, घटस्थापनाको दिनसम्म २० हजार ९७२ वटा भेडाच्याङ्ग्रा मुस्ताङबाट बाहिरिएका हुन् ।
बेनी–जोमसोम सडकखण्ड हुँदै व्यवसायीले देशका विभिन्न जिल्लामा भेडाच्याङ्ग्रा आपूर्ति गरिरहेका छन् । जिविसका खरिदार एवम् कर सङ्कलन केन्द्रका प्रमुख राजेन्द्र सामन्तले असोज ८ गतेबाट भेडाच्याङ्ग्रा निकासी सुरु भएको बताउनुभयो । “अब जिल्लाबाट लगभग यति नै भेडाच्याङ्ग्रा बाहिरिन्छ, तिहारको पूर्वसन्ध्यामा थोरै सङ्ख्यामा जाने गर्दछ”, उहाँले भन्नुभयो – “घटस्थापनाको दिनमात्रै पाँच हजार २०० भेडाच्याङ्ग्रा बाहिरिए ।” जिविसले भेडाच्याङ्ग्राबाट रु १३ लाख ६५ हजार कर सङ्कलन गरेको जनाएको छ । यहाँबाट आएका भेडाच्याङ्ग्रा कम्तीमा रु २५ हजारमा बजारमा किनबेच भइरहेको छ ।
यसवर्ष तिब्बतबाट भेडाच्याङ्ग्रा नआएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर गाविसका भेडापालक कृषकको गोठमै व्यापारी पुगेर दसैँलाई खरिद गरी ल्याएका हुन् । पछिल्ला तीनवर्षयता दसैँमा बजारमा हुने मासुको मागलाई जिल्लामै उत्पादित भेडाच्याङ्ग्राले पूर्ति गरिरहेको छ । “यसवर्ष डोल्पाबाट केही भेडाच्याङ्ग्रा भित्रिएको देखिएको छ” – पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा नन्दलाल बर्माले भन्नुभयो । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ०९:१५ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

भ्रस्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र...

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

अफताब आलमलाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई ज्यान मुद्दामा...

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

बाँफिकोटमा भिरबाट लडेर युवकको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा भिरबाट लडेर एक युवकको...

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

बामदेव गौतम आज एकीकृत समाजवादीमा प्रवेश गर्दै

काठमाडौं । एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आज नेकपा...

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

एमाले पोलिटब्युरो बैठक : पूर्वराष्ट्रपति भण्डारीको सन्दर्भमा चर्चा हुने

काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे...