back
CTIZAN AD

तरकारी खेतीका कारण माटोमा अम्लीयपनाको मात्रा बढ्दै

वि.सं.२०७३ असोज १७ सोमवार

1.1K 

shares

 १७ असोज,ललितपुर । उपत्यका र आसपासका क्षेत्रका माटोमा अम्लीयपनाको मात्रा बर्सेनि बढिरहेको छ ।

उपत्यकासँगै आसपासका जिल्लामा तरकारी खेतीमा किसानले रासायनिक औषधिको प्रयोग गर्दा अम्लीयपनाको मात्रा बढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको माटो निर्देशनालयले बताएको छ ।

रासायनिक मलको प्रयोग बढ्दै जाँदा र प्राङ्गारिक मल कम हुँदा माटोको गुणस्तर घट्दै गएको निर्देशनालयका प्रमुख कमल शाहले बताउनुभयो । उहाँले भन्नुभयो – “उपत्यकाका तीन जिल्लासँगै काभ्रे, धादिङ, भरतपुरलगायतका जिल्लाको माटोमा अम्लीयपना अझै बढी छ ।” तराईका जिल्लामा पनि रसायनको प्रयोग धेरै मात्रामा हुँदै आएको छ ।

कुनै पनि ठाउँको माटोमा अम्लीयपनाको मात्रा ७ देखि ७.५ पिएच (अम्लीयपना मापन सूचक) हुँदासम्म सामान्य मानिन्छ । त्योभन्दा कम हुँदा भने माटोको उर्वराशक्ति कम हुँदै जान्छ । तरकारी खेती धेरै हुने ठाउँमा अम्लीयपनाको मात्रा ४ देखि ५ पिएच मात्रै पाइएको प्रमुख शाहले बताउनुभयो । उहाँले भन्नुभयो – “हामीले काभ्रेमा पछिल्लो पटक गरेको परीक्षणमा ५ पिएचभन्दा कम पाएका थियौँ । तीन पिएचभन्दा कम हुँदा उत्पादन नै दिँदैन ।”

किसानले कुनै पनि बालीमा राम्रो उत्पादन लिनका लागि रसायन मलको प्रयोग गर्छन् । अरू खाद्य बालीका तुलनामा तरकारी खेतीमा रसायनको प्रयोग बढी हुने गरेको हो । रसायन मलको प्रयोगले केही समयसम्म मात्रै राम्रो बाली दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो – “केही समयसम्म उत्पादन ह्वात्तै बढाए पनि कुनै दिन उत्पादन नै नदिने अवस्थामा माटो पुग्छ ।”

तराई क्षेत्रमा भने खाद्य बालीमा समेत रासायनिक मलको प्रयोग हुँदै आएको छ । इन्धनका लागि गाईभैँसीको मल प्रयोग हुँदा खेतबारीमा रासायनिक मलको नै प्रयोग हुने गरेको हो । उहाँले भन्नुभयो – “पहाडी जिल्लामा भन्दा तराईका जिल्लामा माटोमा गरिएको परीक्षणमा अम्लीयपना बढी पाइएको छ ।”

प्राङ्गारिक मलको प्रयोग कम हुँदै जाँदा माटोमा उत्पादनका लागि आवश्यक तत्वहरू कम हुँदै गएको छ । नाइट्रोजन, फोस्फरस, पोटासलगायतका प्राङ्गारिक पदार्थको मात्रा माटोमा कम भइरहेको हो ।

रासायनिक मलको प्रयोग कम गरेर प्राङ्गारिक मल बढाउनुपर्नेमा साह जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ – “एकैपटकमा नभए पनि केही वर्ष गर्दै जाने हो भने माटोलाई पहिलेको अवस्थामा फर्काउन सकिन्छ ।”

किसानमा रासायनिक मलको प्रयोग जति मात्रामा ग¥यो उत्पादन यति नै बढ्छ भन्ने मानसिकतामा परिवर्तनको खाँचो छ । अम्लीयपना र यसको असरका विषयमा किसानले राम्ररी बुझ्दा मात्रै माटोमा अम्लीयपनाको मात्रा कम गर्न सकिन्छ । निर्देशनालयले क्षेत्रीय कार्यालयहरू मार्फत किसानलाई सचेतना कक्षा चलाइरहेको छ । रासस

वि.सं.२०७३ असोज १७ सोमवार ११:३६ मा प्रकाशित

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

सात महिनामा सक्ने सम्झौता भएको सडक दुई वर्षमा पनि सकिएन

बागलुङ । निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक...

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

पालिकाले अनुदानमा भैँसी दिएपछि यहाँका किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको...

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

झापाका हात्तीपीडितले पाए दुई करोड क्षतिपूर्ति

भद्रपुर (झापा) । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...