back
CTIZAN AD

शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धि अपेक्षा

वि.सं.२०७५ असार २ शनिवार

744 

shares

 

२ असार, काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताएका छन् ।

चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान प्रान्तका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको निमन्त्रणामा कुन्मिङमा आयोजित पाँचौँ चाइना साउथ एशिया एक्प्रो र तेस्रो फोरम अफ चाइना साउथ एशिया टेक्नोलोजी ट्रान्सफर र कोलाब्रेशन इनोभेशनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले भने, “प्रविधिमा आधारित शिक्षा नेपाललाई सामाजिक र राष्ट्रिय विकासमा बलियो साधन सावित हुनेछ ।” यसका लागि नेपाल र चीनबीच द्विपक्षीय र बहुआयामिक रूपमा आगामी दिनमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

भ्रमणका क्रममा मन्त्री पोखरेलको उपस्थितिमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानसँग चीनका विभिन्न प्रतिष्ठानबीच आपसी सम्झौता भएको थियो । भ्रमणका क्रममा मन्त्री पोखरेलले सो प्रान्तको प्रमुख मानिने युनान कृषि विश्व विद्यालयको अवलोकन गरे । सम्मेलनका लागि गत जेठ ३० गते चीन गएका मन्त्री पोखरेल भ्रमण छोट्याई शुक्रबार स्वदेश फर्केका उनको सचिवालयले जनाएको छ ।(रासस)

वि.सं.२०७५ असार २ शनिवार ०८:०७ मा प्रकाशित

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा वृद्धि हुने...

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता

खलङ्गा (दार्चुला) । दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक...

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

यी हुन् राप्रपाले सांसदमा सिफारिस गरेका व्यक्ति

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत...

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई...

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

अध्यक्ष दाहालद्वारा समवेदना व्यक्त

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको...