back
CTIZAN AD

बिहान ३० मिनेट मात्रै हिड्दा यतिका फाईदा !

वि.सं.२०७५ असार ४ सोमवार

1.5K 

shares

धेरैजसो मानिसहरू बिहाँनको समयमा हिड्ने गर्दछन् । तर, केही मानिसहरू भन्छन् ‘बिहाँनको बेला नै मिठो निद लाग्ने हुनाले उठ्नै अल्छि लाग्दछ ।’ आजको व्यस्त समयमा आफ्नो शरीरका लागि केही समय निकाल्न सकेनौं भने त्यसले विभिन्न रोग निम्त्याउने सम्भावना रहन्छ । त्यसैले बिहान जम्मा ३० मिनेट मात्रै मर्निङ वाकमा जाँदा पनि मोटोपन, हृदयरोग, पेटको बिमारी लगायतका धेरै विमारबाट मुक्त भइन्छ । आउनुहोस् जानौं बिहान ३० मिनेट मात्र हिड्दा हुने फाइदाका बारेमा ।

अन्य व्ययाम भन्दा हिड्नुनै उत्तम- मानिसहरू फिट रहनका लागि बिहान विभिन्न प्रकारका उपायहरू गर्छन् । एक्सरसाइज, योगा, डान्स तथा फिटनेस क्लवमा पनि धाउँछन् । तर, स्वस्थय विज्ञहरूका अनुसार शरीरलाई स्वस्थ र फिट राख्नका लागि बिहान साँझ हिड्नु भन्दा राम्रो व्यायाम अरु हुँदैन् ।

मधुमेहबाट पनि बच्न सकिन्छ-नियमति रुपमा बिहाँनको समयमा हिड्दा मधुमेहका विमारीलाई फाइदा हुन्छ । मधुमेहका विरामीहरू बिहान हिड्दा ब्लड सुगर कम भएको पाउछन् । यस्ता विरामीहरूका लागि इन्सुलिन भन्दा राम्रो हिडडुल मानिन्छ । विहानमा हिड्ने बानीले तपाई पनि मधुमेहको खतराबाट बच्न सक्नुहुन्छ ।

हृदयघातबाट बच्न सकिन्छ-बढ्दो उमेरमा यदि हामी दिनहुँ केही समय बिहानमा हिड्ने बानी ग¥यौं भने शरीरलाई राम्रो व्यायाम हुन्छ । यस्ता व्यक्तिहरूलाई हृदयघातको समस्या कम हुन्छ । हिडाइको गति बढाउँदा मुटुको धड्कन पनि त्यहि अनुसार चल्ने हुनाले शरीरमा गर्मी हुने र यसकारण शरीरमा अक्सिजनको राम्रो असर हुने हुनाले तपाईलाई फिट राख्दछ ।

मोटोपन घटाउँछ- बिहानको समयमा हिड्दा हाम्रो शरीरको वजन सन्तुलन राख्न सकिन्छ । आधाघण्टामा कम्तिमा पनि १५० क्यालोरी उर्जा खपत हुनाले यसले वजन नियन्त्रण गर्न सहयोग गर्दछ ।

तनावबाट बच्न सकिन्छ- बिहानको हिडाइले एक्सरसाइज मात्र नभएर तपार्ईमा स्फूर्तिको संचार गर्दछ । किनकी यसले मनमा भएको तनाव कम गर्दछ । सुरुवाती दिनमा तपाईलाई केही थकाइ लागे पनि विस्तारै बानी पर्दै जान्छ ।
उमेर पनि बढ्छ–दैनिक बिहान हिड्नाले तपाईको उमेर बढाउन मदत गर्दछ । एक रिर्सचका अनुसार ७५ मिनेट जोड जोडले दौडदा वा हिड्दा तपाईको उमेर १.८ वर्ष बढ्न सक्ने बताइएको छ ।

मानसिक रुपमा पनि स्वस्थ भइन्छ-जो मानिसहरू हरेक दिन बिहान वा साझको समयमा हिड्छन् उनीहरूको सोच्न सक्ने क्षमतामा पनि वृद्धि हुन्छ । विहान हिड्दा प्रकृतिको नजिक भइने तथा मनमा आनन्द हुन्छ । त्यसले चिन्तन गर्ने क्षमता बढाउछ । मनमा चिन्ता बढ्ने र नकारात्मक सोच आउने मानिसहरूलाई त झन धेरै फाइदा गर्दछ ।

कोलेस्ट्रोल हुनबाट बचाउँछ- दैनिक बिहानको समयमा नहिड्दा कोलेस्ट्रोलको स्तर बढ्ने र यसले हृदयरोग, रक्तचाप बढ्ने खतरा बढ्छ । यदि तपाई दिनहुँ बिहान ३० मिनेट सम्म हिड्नु भयो भने सुगरमा राम्रो कोलेस्ट्रोलको वृद्धि हुने र यसले शरीरलाई फाइदा पु¥याउँछ ।

वि.सं.२०७५ असार ४ सोमवार १५:५७ मा प्रकाशित

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...