back
CTIZAN AD

मकै छोडाउन आधुनिक प्रविधि

वि.सं.२०७३ असोज १८ मंगलवार

2.2K 

shares

 १८ असोज ,पाल्पा । किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् ।

मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रविधिको विकास भएपछि पाल्पाली किसान आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका हुन् ।

मकैको घोगा एक भागबाट मेसिन राख्ने र अर्को भागबाट डेनडिल घुमाए मकै एकछिनमा छोडाउन सकिने दर्लम गाविसका कृष्ण बस्यालले बताउनुभयो । मकै छोडाउन रात बिताउनुपर्ने बाध्यता हटेको छ भने मेसिनको माग समेत बढेको छ ।

चापपानी गाविस–८, चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रमा मासिक २० देखि २५ मकै छोडाउने मेसिन प्रतिवटा रु ६०० मा बिक्री भइरहेको सञ्चालक खुमबहादुर विश्वकर्मा बताउनुहुन्छ । निर्माण केन्द्रले कृषि औजार निर्माण गर्ने आरन लोप हुन थालेपछि नयाँ नयाँ कृषि औजारको उत्पादन गरी किसानसमक्ष पु¥याउन थालेको बताइएको छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार ०९:३१ मा प्रकाशित

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...