Logo
६ आश्विन २०८०, शनिबार
     Sat Sep 23 2023
E-paper
  English Edition
   Unicode
Logo

मकै छोडाउन आधुनिक प्रविधि



 १८ असोज ,पाल्पा । किसानले आधुनिक प्रविधिको प्रयोग गरी मकै छोडाउन थालेका छन् ।

मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा मिलेको किसानले बताएका छन् । ग्रामीण क्षेत्रमा परम्परादेखि हातले नै मकै छोडाउने चलन रहेकामा अहिले नयाँ प्रविधिको विकास भएपछि पाल्पाली किसान आधुनिक मेसिनको प्रयोग गरी मकै छोडाउन थालेका हुन् ।

मकैको घोगा एक भागबाट मेसिन राख्ने र अर्को भागबाट डेनडिल घुमाए मकै एकछिनमा छोडाउन सकिने दर्लम गाविसका कृष्ण बस्यालले बताउनुभयो । मकै छोडाउन रात बिताउनुपर्ने बाध्यता हटेको छ भने मेसिनको माग समेत बढेको छ ।

चापपानी गाविस–८, चिलाङ्दीमा सञ्चालित विश्वकर्मा कृषि औजार निर्माण केन्द्रमा मासिक २० देखि २५ मकै छोडाउने मेसिन प्रतिवटा रु ६०० मा बिक्री भइरहेको सञ्चालक खुमबहादुर विश्वकर्मा बताउनुहुन्छ । निर्माण केन्द्रले कृषि औजार निर्माण गर्ने आरन लोप हुन थालेपछि नयाँ नयाँ कृषि औजारको उत्पादन गरी किसानसमक्ष पु¥याउन थालेको बताइएको छ । रासस


-->

काठमाडौं। पछिल्लो समय देशका केही ठाउँमा धार्मिक सद्भाव खल्बल्याउने छिट्पुट प्रवृत्ति देखापरेपछि उपप्रधानमन्त्री एवम्

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच गृहमन्त्रालयमा भएको वार्तापछि साँतबुदे सहमति भएको छ ।

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण

नयाँदिल्ली । एशियाली खेलकुद प्रतियोगितामा छनोट भएका तीनजना भारतीय खेलाडीलाई खेलस्थल हाङझाउ जाने अनुमति

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सल्लाहकार खेमराज