back
CTIZAN AD

राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

वि.सं.२०७३ असोज १८ मंगलवार

1.1K 

shares

१८ असोज,काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा “राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१”,माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले लामो समयदेखि अड्किँदै आएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि बैठकले परित गरेको खुल्ला विश्वविद्यालय विधेयक कार्यान्वयनको चरणमा छ । सातवटै प्रदेशमा एक÷एकवटा विश्वविद्यालय स्थापना गर्ने नीतिअनुसार नै सरकारले राजर्षिजनक विश्वविद्यालय स्थपना सम्बन्धी विधेयक अगाडि बढाउन लागिएको शिक्षा मन्त्री पौडेलले सदनलाई जानकारी दिनुभयो ।

सो विधेयकमाथि सांसदहरु गणेशमान गुरुङ, प्रेम सुवालले लामो समयदेखि चर्चामा रहेको भक्तपुरको ख्वप विश्वविद्यालय स्थापनामा तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । सांसदहरु आनन्द ढुङ्गाना, शिवचन्द्र चौधरी, निशाकुमारी साह, बादशाह कुर्मी, भरतबहादुर शाह, गङ्गा चौधरी सत्गौवा, कमला पन्त, कान्ता भट्टराई, महेन्द्र यादव, योगेन्द्र तामाङ घिसिङ, गीता क्षेत्रीले सो विश्वविद्यालयले बजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्ने र समसामयिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले “ सहकारी विधेयक, २०७२” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

त्यसैगरी वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले वन(दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७३ पेस गर्नुभयो । यस्तै, जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता सदनमा पेस गर्नुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार १०:४८ मा प्रकाशित

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

सरकारका १०० दिन,१०० खर्बको अर्थतन्त्रको सपना

रमेश लम्साल, काठमाडौँ । अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले...

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...