back

राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

वि.सं.२०७३ असोज १८ मंगलवार

711 

shares
IME Limited
NTC AD

१८ असोज,काठमाडौँ । व्यवस्थापिका–संसद्को आजको बैठकमा “राजर्षिजनक विश्वविद्यालय विधेयक,२०७१”,माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

शिक्षा मन्त्री धनीराम पौडेलले लामो समयदेखि अड्किँदै आएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

यसअघि बैठकले परित गरेको खुल्ला विश्वविद्यालय विधेयक कार्यान्वयनको चरणमा छ । सातवटै प्रदेशमा एक÷एकवटा विश्वविद्यालय स्थापना गर्ने नीतिअनुसार नै सरकारले राजर्षिजनक विश्वविद्यालय स्थपना सम्बन्धी विधेयक अगाडि बढाउन लागिएको शिक्षा मन्त्री पौडेलले सदनलाई जानकारी दिनुभयो ।

सो विधेयकमाथि सांसदहरु गणेशमान गुरुङ, प्रेम सुवालले लामो समयदेखि चर्चामा रहेको भक्तपुरको ख्वप विश्वविद्यालय स्थापनामा तत्काल प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभयो । सांसदहरु आनन्द ढुङ्गाना, शिवचन्द्र चौधरी, निशाकुमारी साह, बादशाह कुर्मी, भरतबहादुर शाह, गङ्गा चौधरी सत्गौवा, कमला पन्त, कान्ता भट्टराई, महेन्द्र यादव, योगेन्द्र तामाङ घिसिङ, गीता क्षेत्रीले सो विश्वविद्यालयले बजारमा बिक्ने जनशक्ति उत्पादन गर्नुपर्ने र समसामयिक ज्ञान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले “ सहकारी विधेयक, २०७२” लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ ।

त्यसैगरी वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरीले वन(दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७३ पेस गर्नुभयो । यस्तै, जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता सदनमा पेस गर्नुभयो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित भएको छ । रासस

वि.सं.२०७३ असोज १८ मंगलवार १०:४८ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...