१३ असार, हुम्ला । सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५\०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत् खानेपानी समेतलाई प्राथमिकता दिइएको छ ।
मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरे । जसमा रु एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको छ ।
गाउँपालिकाले विद्यालय र सडक सञ्जाल निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । सिमीकोटदेखि धारापानीसम्म सडक निर्माणको लागि रु ९१ लाख बजेट छुट्याइएको छ । प्रत्येक वडामा सडक, रोजगार र एक घर एक बिरुवाको अवधारणा पनि ल्याइएको छ ।
उक्त गाउँसभा सिमिकोट गाउँसभाका अध्यक्ष पदमबहादुर लामाको अध्यक्षतामा सञ्चालन भएको थियो ।
वि.सं.२०७५ असार १३ बुधवार ११:४२ मा प्रकाशित






























