back
CTIZAN AD

‘कूपला मल्टि कल्चरल फेस्टिबल’ मा नेपालको पनि प्रस्तुति

वि.सं.२०७५ असार १३ बुधवार

651 

shares

आयरल्याण्ड । आयरल्यान्डको बेन्ट्रिमा आयोजित ‘कूपला मल्टि कल्चरल फेस्टिबल’ मा नेपाली कला संस्कृतिको प्रदर्शन गरिएको छ ।
उक्त फेस्टिवलमा नेपाली समाज कोर्कका स्थानीय नेपाली बालबालिका बेनुसीला त्रिपाठी, श्रद्धा न्यौपाने, सोफिया न्यौपाने र सजीया न्यौपानेले नेपाली भेषभूषामा सजीयर नेपाली नृत्यमार्फत नेपाल र नेपाली संस्कृतिलाइ आइरीस नागरिकबीच चिनाउने काम गरेका छन ।


सोहि अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डका संस्थापक एवं पूर्वअध्यक्ष तथा अन्तराष्ट्रिय पर्यटन प्रबद्धन समिति सदस्य शुक्रराज न्यौपानेले नेपालको पर्यटकीय सुन्दरताका साथै नेपाली भेषभूषा र कला संस्कृतिको प्रचार–प्रसार र प्रवद्र्धनका लागि आयरल्याण्डका विभिन्न कार्यक्रममा नेपाली समुदायको सहभागीता हुनुपर्ने जोड दिएका थिए ।
उनले यस्ता कर्यक्रममार्फत नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो सहयोग पुग्ने बताउँदै कार्यक्रमको आयोजना गरेर नेपाली समुदायलाई आफ्नो कलासंस्कृति प्रस्तुत गर्ने मौका दिएकोमा सम्बन्धीत सबैलाई धन्यवाद दिएका थिए ।


न्यौपानेले आयरल्यान्डबासी दाजुभाइ दिदीबहिनी तथा उपस्थित सबैलाई संसारकै अग्लो शिखर सगरमाथाको देश भ्रमण गर्न निम्तो समेत दिएका थिए । ‘संसारकै अग्लो शिखर सगरमाथाको देश तपाईहरुको स्वागत गर्न आतुर रहेको छ ।’ न्यौपानेले भने ।


उक्त अवसरमा आयरल्यान्ड, इन्डिया, मेक्सिको, पोल्याण्ड लगायतका देशका कलाकारहरुले आफ्नो मौलिक प्रदर्शन गरेका थिए ।

वि.सं.२०७५ असार १३ बुधवार १०:०६ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...