साउदी । एनआरटिएनसि नेपाली समाज साउदी अरबको चौथो अधिबेशनले बिष्णु पोख्रेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गरेको छ ।
देवि खतिवडा बरिष्ठ उपाध्यक्ष रहेको सो समितिमा उपाध्यक्षमा कमल थापा र महासचिवमा पेशल कुमार राई निर्वाचित भएका छन् ।
त्यसैगरी मोहित साफी सचिव, मिन कुमार कोङ्गरेन सहसचिव, नरेश कुमार यादव कोषाध्यक्ष, त्रिबेणी महत्तो सहकोषाध्यक्ष , खेमराज आचार्य प्रवक्ता र केन्द्रीय सदस्यहरूमा पवितर मण्डल, रामऔतार मुखिया, रामलखन शाह, प्रेम कुमार पासवान, हर्क लिम्बु, बाबुराम रानाभाट रहेका छन् ।
संस्थापक अध्यक्ष राम गुरूङ, उपाध्यक्ष तेज थापा, कोषाध्यक्ष खिम गर्वुजा, सहकोषाध्यक्ष रतन लिम्बु, सल्लाहकार ओम घले, डमर यादवको आतिथ्यतामा महाधिबेशन गत गत शुक्रबार साउदी अरबको पूर्वी प्रान्त अल–खोबर स्थित क्लासिक होटेलमा सम्पन्न भएको हो ।

निबर्तमान अध्यक्ष प्रेम थापा सभापतित्व रहेको कार्यक्रमलाई महासचिव धन मेचे र प्रबक्ता सचिन राईले सञ्चालन गरेका थिए ।
प्रवासमा भइपरि आउन सक्ने आपत–बिपतहरूलाई एक–आपसमा सहयोग पुर्याउने उद्धेश्यले सन् २०१० मा एनआरटिएनसि नेपाली समाजको स्थापना भएको निवर्तमान महासचिव धन मेचेले जानकारी दिए ।

मेचेका अनुसार मिर्गाैला रोगले पीडित समाजका सदस्य नर ब गुरुङको मिर्गाैला प्रत्यारोपणका लागि ५० हजार रूपैया, सडक दुर्घटनामा परि पिता र भाइ गुमाएका दुरामशोभित मण्डललाइ ९,१३ साउदी रियाल तथा दुबै मृगौला खराव भै मृत्युभएका हर्क ब. थापाकी श्रीमती देउकला थापालाइ नगद ९० हजार ६ सय रुपैया सहयोग गरिएको छ ।
‘साउदी अरब मात्रै नभएर नेपालमा भएका दैबिक प्रकोप र महाभूकम्पहरूमा समेत समाजले सहयोग र राहात उपलव्ध गराउदै आएको छ ।’ मेचेले थपे ।
महाभूकम्पले क्षतिग्रस्त भएका घरहरू पुनःनिर्माण गर्न समाजले प्रतिक अधिकारी, ओम घले र नर ब. गुरुङ लगायतका सदस्यहरूलाइ जनही पच्चिस हजार रुपैया आर्थिक सहयोग प्रदान गरेको, भुकम्पद्वारा क्षतिग्रस्त बिद्यालयहरूलाई पाँच लाख रूपैया नगद जुटाइ विधालय भवन निर्माणका लागि टिनका जस्ता पाताहरु समेत वितरण गरिएको पनि मेचेले जानकारी दिए ।
वि.सं.२०७५ असार १३ बुधवार ०९:४० मा प्रकाशित































