back
CTIZAN AD

एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चीनको चेतावनी

वि.सं.२०८३ असार २५ बिहीवार

423 

shares
बेइजिङ ।   चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकको ‘क्लाउड कोड’ नामक एआई कोडिङ उपकरणका केही संस्करणमा सुरक्षा जोखिम रहेको भन्दै प्रयोगकर्तालाई सतर्क रहन चेतावनी दिएको छ।
चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बद्ध राष्ट्रिय जोखिम डाटाबेस (एनभीडीबी)ले उक्त उपकरणमा रहेको भनिएको ‘सुरक्षा ब्याकडोर’ले प्रयोगकर्ताको स्थान र पहिचानसम्बन्धी संवेदनशील जानकारी प्रयोगकर्ताको सहमतिबिनै कम्पनीको सर्भरमा पठाउन सक्ने जनाएको छ।
‘क्लाउड कोड’ एक एआई कोडिङ उपकरण हो, जसले प्रयोगकर्ताको निर्देशनका आधारमा कम्प्युटर कोड तयार गर्ने, सफ्टवेयरको त्रुटि सुधार गर्ने तथा कोड समीक्षा गर्ने क्षमता राख्छ।
एनभीडीबीले सम्बन्धित संस्था तथा प्रयोगकर्तालाई उक्त उपकरणको प्रयोगबारे तत्काल सुरक्षा परीक्षण गर्न तथा आवश्यक परेमा अनइन्स्टल गर्न वा सुरक्षा जोखिम हटाइएको नवीनतम संस्करणमा अद्यावधिक गर्न आग्रह गरेको छ। साथै, संवेदनशील सूचना चुहावट रोक्न नेटवर्क ट्राफिकको निगरानी सुदृढ गर्न पनि सुझाव दिएको छ।
एएफपीका अनुसार एन्थ्रोपिकले यी आरोपबारे गरिएको टिप्पणीको अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।
यसैबीच, चिनियाँ प्रविधि कम्पनी अलिबाबाले सुरक्षा चिन्ताका कारण जुलाई १० देखि ‘क्लाउड कोड’को प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ।
यता, एन्थ्रोपिकका ‘क्लाउड कोड’ इन्जिनियर थारिक शिहिपरले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रणालीमा रहेको डेटा ट्र्याकिङ सुविधा अनधिकृत पुनर्विक्रेता तथा एआई मोडेलको दुरुपयोग रोक्न गरिएको परीक्षणको हिस्सा भएको बताएका छन् । उनले उक्त सुविधा हटाउने प्रक्रिया अघि बढिसकेको र नयाँ संस्करणमा पूर्ण रूपमा हटाइने जानकारी दिए ।(रासस/एएफपी)

वि.सं.२०८३ असार २५ बिहीवार ०८:४४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...