back
CTIZAN AD

इरानद्धारा अमेरिकी आक्रमणको निन्दा, जवाफी कारबाहीको चेतावनी

वि.सं.२०८३ असार २५ बिहीवार

663 

shares
तेहरान ।  इरानले आफ्नो दक्षिणी तटीय क्षेत्रमा रहेका निगरानी तथा अनुगमन केन्द्रमाथि अमेरिकाले गरेको भनिएको आक्रमणको निन्दा गर्दै जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
इरानी विदेश मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उक्त आक्रमण संयुक्त राष्ट्रसङ्घको बडापत्र र हालै भएको शान्तिसम्बन्धी समझदारीपत्र (एमओयू)को उल्लङ्घन भएको दाबी गरेको छ ।
मन्त्रालयले अमेरिकाका पछिल्ला आक्रमण, इरानी तेल बिक्रीसम्बन्धी अनुमति खारेज गर्ने अमेरिकी निर्णय, होर्मुज जलसन्धिमा इरानी गतिविधिमाथिको अवरोध तथा लेबनानविरुद्ध इजरायली कारबाहीले समझदारीपत्रका महत्वपूर्ण पक्षलाई प्रभावित बनाएको जनाएको छ ।
विज्ञप्तिमा इरानी सशस्त्र बलले अमेरिकी “सैन्य आक्रामकता”को स्रोत र उद्गमस्थललाई लक्षित गर्न पछि नहट्ने चेतावनी दिइएको छ ।
मङ्गलबार रातिदेखि बुधबारसम्म अमेरिका र इरानबीच पुनःतनाव बढेको छ । इरानले होर्मुज जलसन्धिमा व्यावसायिक जहाजमाथि गरेको भनिएको आक्रमणको जवाफमा अमेरिकाले इरानका करिब ८० वटा लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।
त्यसपछि इरानको इस्लामिक रिभोलुसन गार्ड कोप्र्स (आइआरजीसी)ले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडामाथि आक्रमण गरेको दाबी गरेको छ ।
इरानी सरकारी समाचार संस्था आइआरआइबीका अनुसार, बन्दर–ए–महशहर बन्दरगाह क्षेत्रमा भएको अमेरिकी आक्रमणमा एक आइआरजीसी सदस्यको मृत्यु भएको छ ।
यसैबीच, नेटो शिखर सम्मेलनमा सहभागी हुन टर्कीको अङ्कारा पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धबिराम अवस्था अन्त्य भएको बताएका छन् । उनले अमेरिकाले बुधबार राति इरानमाथि पुनः कडा आक्रमण गर्न सक्ने सङ्केत गर्दै होर्मुज जलसन्धिमा नौसैनिक नाकाबन्दी पुनः सुरु गर्ने तथा खर्ग टापुमाथि नियन्त्रण कायम गर्ने सम्भावना पनि उल्लेख गरेका छन् । (रासस/सिन्ह्वा)
–––

वि.सं.२०८३ असार २५ बिहीवार ०८:४९ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...