back
CTIZAN AD

अमेरिकी प्रतिनिधि सभासदस्यको उम्मेदवारमा प्राथमिक चरणमा भण्डारी बिजयी

वि.सं.२०७५ असार १३ बुधवार

720 

shares

अमेरिका । डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रोपटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् । उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याएपछि उनको आगामी नोवेम्बरमा हुने आम निर्वाचनको लागी ढोका खुलेको छ ।
उनले आगामी नोवेम्बरमा रिपब्लिकनका उम्मेदवारसँग चुनावी मैदानमा भिड्नु पर्ने छ । ४ जना प्रतिस्प्रधिमा एरिक ब्रोम्वेल पहिला ,भण्डारी दोश्रा र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका हुन् ।

२०,७२६ मत खसेकोमा भण्डारीले ५,७६५ मत ल्याई दोश्रो स्थानमा रही २८ प्रतिशत मत ल्याई बिजयी भएका छन भने एरिक ब्रोम्वेल ले ६३८७ ल्याई प्रथम भएका थिए ।

यसैगरी मेरिल्याण्ड डेमोक्रेटिक दलको केन्द्रीय सदस्यमा पनि भण्डारी सर्वाधिक मत लल्याई बिजयी भएको कुरा डेमोक्रेटिक दल मेरिल्याण्ड राज्यले जनाएको छ ।

डेमोक्रेटिक निर्वाचन क्षेत्र ८ बाट ३ जना उम्मेदवार मध्ये उनी परेका हुन् । सन् २०१४ मा उनले चौथो स्थान प्राप्त गरेपछि प्राथमिक चरण मै बाहिरिएका थिए ।

यो केवल प्राथमिक निर्वाचन मात्र हो भने आम निवार्चनमा भण्डारीले जिते भने उनले नेपाली समुदायको ईतिहासमा नाम लेख्ने अवसर पाउने छन ।

ह्यारीले सन् २०१४ मा अमेरिकन प्रतिनिधिका लागि मेरिल्याण्ड राज्यको जिल्ला ८ मा डेमोक्रेटिकको तर्फबाट उम्मेदवारी दिएका थिए । दोश्रो पटक पुन ः उम्मेदवार बनेका ह्यारी भण्डारी जुन २६ का दिन अमेरिकन सांसदको लागि उम्मेदवार बनेका हुन् भने उनले प्राथमिक चरणको निर्वाचन जितेका छन् ।

वि.सं.२०७५ असार १३ बुधवार ०८:५८ मा प्रकाशित

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...