back
CTIZAN AD

अव विरगञ्जमा बस्नेले पनि साझा चढ्न पाउने

वि.सं.२०७३ असोज १९ बुधवार

978 

shares

१९ असोज,काठमाडौँ । लामो समयपछि साझा यातायातले आजदेखि वीरगन्जमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।

गत असोज १६ गतेदेखि गोरखा र बाग्लुङमा आफ्नो सेवा विस्तार गरेको साझा यातायातले दसैँमा काठमाडौँ उपत्यकाबाहिर जाने यात्रुको चापलाई मध्यनजर गर्दै आजदेखि वीरगन्जमा पनि सेवा विस्तार गरेको हो । केही दिनमा नै भैरहवा हुँदै लुम्बिनीका लागि सेवा विस्तार हुने बताइएको छ ।

दश वर्षपछि पहिलोपटक गत असोज १६ गतेदेखि साझाले आफ्नो सेवा उपत्यकाबाहिर विस्तार गरेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । लामो समयपछि गत आइतबारदेखि दैनिकरुपमा बागलुङका लागि दुई र काठमाडौँ—गोरखाका लागि दुईवटा बस काठमाडौँ उपत्यकाबाट बाहिरिने गरेका छन् ।

विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ बाट पूर्णरूपमा लामो रुटमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा भने २०७० वैशाखदेखि १६ वटा बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यकाबाहिर सञ्चालन गर्न लागेका बस कुनै नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेको बस नै हो ।

लामो समयपछि उपत्यकाबाहिर बस सञ्चालन भएको हँुदा सञ्चालनको सुरुको दिनमा त बसको सिट भरिने गरी यात्रु थिएनन्, अहिले भने बसमा अटाई नअटाई यात्रु रहने गरेका छन् । उक्त बसमा एक पटकमा बसेर ५५ जना र केहीले उभिएर पनि यात्रा गर्न सक्नेछन् । सेवा विस्तार गरेको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । रासस

वि.सं.२०७३ असोज १९ बुधवार ०५:२६ मा प्रकाशित

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

आज देखि बढ्दैछन् यी क्षेत्रहरुमा कर, कुन क्षेत्रमा कति बढ्दैछ हेर्नुस्

काठमाडौं । सरकारले आजदेखि लागू हुने गरी विभिन्न वस्तु तथा...

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

मिटरब्याज पीडित र सरकारबिच वार्ता हुँदै

काठमाडौं । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा आज...

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

एनआरएन नागरिकता वा एनआरएन कार्ड भएकाले अब बैंक खाता खोल्न सक्ने

काठमाडौं । अब गैरआवासीय नेपाली (एनआरएन) नागरिकता वा एनआरएन परिचयपत्र...