back
CTIZAN AD

तीनसातादेखि सडक अबरुद्ध हुँदा स्थानीयबासी मारमा

वि.सं.२०७५ असार १७ आइतवार

666 

shares

१७ असार, दुनै, डोल्पा । भित्ती–मोतीपुर सडकखण्ड अवरुद्ध भएकाका कारण यहाँका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

वर्षात्का कारण ठूलीभेरी नगरपालिकाअन्तर्गत बागडाँडामा पर्ने १० मिटर सडक पहिरोले पुरेको झण्डै तीनसाता बितिसक्दा पनि उक्त सडकखण्ड नखुल्दा खसिरहेको पहिरो मुनिको सानो बाटोबाट सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
सुँपानीदेखि दुनैसम्म यातायात सञ्चालन गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि सर्वसाधारण भित्ती–जुफालसम्मको जोखिमपूर्ण सडकबाट गाडीको यात्रा गर्न बाध्य भएको मोतीपुरका अमर कठायतको गुनासो छ ।

उक्त सडकबाट सवारी साधन सञ्चालन सहज र सुरक्षित भएपनि सडक अवरुद्ध भएका कारण भित्तीबाट जुफाल हुँदै पुनः मोतीपुर पुग्न बढी समय लाग्ने र साँघुरो बाटोका कारण जोखिमपूर्ण यात्रा गर्नूपर्ने बाध्यता भएको गाडी चालक सुशील कठायतको भनाइ छ ।

अवरुद्ध सडकका कारण डोल्पामा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्दै आएका घोडा तथा खच्चडको आवतजावतमा पनि समस्या भएको छ ।
झण्डै तीनसातादेखि अवरुद्ध सडक खुलाउन उक्त नगरपालिकाको ध्यान जान नसकेको सर्वसाधारण बताउँछन् ।

वि.सं.२०७५ असार १७ आइतवार १२:२५ मा प्रकाशित

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...