back

कोरियामा बृहत् कविता वाचन सम्पन्न

वि.सं.२०७५ असार २० बुधवार

156 

shares
RBB AD
NTC AD

सौल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरको आयोजनामा गत आइतबार भानुभक्त जयन्ती विशेष कविता वाचन सम्पन्न भएको छ । ‘काव्य(सुधा’को सातौं श्रृङ्खलाको रूपमा आयोजित कविता वाचनमा उत्कृष्ट ४ कविहरूको बेजोड प्रस्तुति रहेको थियो ।

दक्षिण कोरियाको राजधानी सौलको दोङ्देमुन स्थित नेपाल हाउसमा सम्पन्न कविता वाचनको संयोजन गजलकार गोपिकृष्ण लामिछानेले गरेका थिए । विनोद एकलभ्या, मणि भुसाल, जनक सन्याल र सरोज सर्वहाराको विशेष कविता वाचन रहेको उक्त कार्यक्रममा कविहरूले कतै देश सम्झिए, कतै परदेश बस्दाका दुखद अनुभवहरू कवितामार्फत बताएँ भने कतै कवितामा अमूर्तता प्रस्तुत गरेका थिए।

उक्त कार्यक्रममा कोरियाको ५ वर्षे बसाइँ सकेर नेपाल फर्कन लाग्नुभएका गजलकार विनोद परिवर्तितलाई अनेसास कोरिया च्याप्टरले सम्मान तथा विदाई गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अन्जु केसीले अनेसास कोरियाको जुनसुकै कार्यक्रम लोभलाग्दो भएको र यस्ले कोरियामा दिनानुदिन बढीरहेको डिप्रेसनलाई समेत कम गर्न सघाउ पुग्ने विस्वास व्यक्त गर्नुभयो भने बिशेष अतिथि कृष गुल्मेली बाबुले अनेसास कोरियाले कोरियामा रहेका अनुज अग्रज लगायत साहित्यमा कलम चलाउने सबैलाई स सम्मान स्थान दिदै उनिहरुमा लुकेको साहित्यिक प्रतिभालाई उजागर गर्दै गएकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

कविता वाचन सँगैको रचनावाचन कार्यक्रममा कवि बोनम प्रताप, मिलन कान्छा किराँती,गंगा बस्नेत, रामचन्द्र शर्मा, विनोद परिवर्तित, क्रिस गुल्मेली बाबु, राम केसी नयन, धिरेन्द्र स्पन्दन, दिपेन्द्र भट्टराई, राज विवश सुवेदी, भोजराज घोडासैनी, हेमराज पोखरेल, सुशील अर्याल, रेशम अधिकारी, कृष्ण पाण्डे क्षेत्री, खगेन्द्र क्षेत्री सुरज,कमल बाछिटे, सरोज आचार्य दिपक अधिकारी लगायत करिब तीन दर्जन सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । च्याप्टरका कार्यवाहक अध्यक्ष डी आर न्यौपाने ‘सूर्य’को सभापतित्वमा सम्पन्न कार्यक्रमलाई राधाकृष्ण पौडेलले संचालन गरेका थिए ।

वि.सं.२०७५ असार २० बुधवार २१:२२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...