back

प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

वि.सं.२०७५ असार २४ आइतवार

159 

shares
RBB AD
NTC AD

२४ असार, वालिङ, स्याङ्जा । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

गत वर्ष नेपालबाट कलाकार कोरियामा लगेर सांस्कृतिक कार्यक्रम सञ्चालन गरी आर्थिक संकलन गरी रु १२ लाख सहयोग गरेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष राजु भण्डारीले बताए ।

स्याङ्जा परिवार दक्षिण कोरियाले यसअघि स्याङ्जा जिल्ला अस्पताललाई एम्बुलेन्स, वालिङ प्राथमिक स्वास्थ्य केन्द्रलाई भिडियो एक्स–रे मेसिन प्रदान गरिसकेको छ ।

दक्षिण कोरियाली भूमिमा पसिना बगाउने स्याङ्जावासीको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले विदेशी भूमिमा दुःख तथा अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने उद्देश्यले दक्षिण कोरियामा ‘सहयोग घर’ स्थापना गरेको छ । संस्थाले कम्पनीमा काम गर्दा दुर्घटनामा परी अंगभंग हुने तथा मृत्यु भएका परिवारलाई सान्त्वनास्वरुप राहत प्रदान गर्दै आएको छ भने स्याङ्जाका विभिन्न भागमा विगतमा बाढीपहिरो, आगलागी तथा मिर्गौला पीडितका लागि आर्थिक सहयोग गर्दै आएको छ ।

वि.सं.२०७५ असार २४ आइतवार १३:४८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

पत्रकार महासङ्घ युरोपको अध्यक्षमा केजिन राई

लिस्बन (पोर्चुगल) । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको पाँचौँ अधिवेशनले...

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

किर्गीस्तानमा आकर्षक रोजगारीका नाममा नेपाली ठगिएकोमा दूतावासले गरायो सजग

काठमाडौँ । पाकिस्तानको  इस्लामावादमा रहेको नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको...

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...