Logo
६ कार्तिक २०७८, शनिबार
     Sat Oct 23 2021
E-paper
  English Edition
   Unicode
Logo

दसैँमा खाद्यान्न अभाव, सप्तचण्डी पुराण



२० असोज, भोजपुर । जिल्लाको पश्चिमी गुप्तेश्वर तथा सिद्धेश्वर गाविसमा दसैँ, तिहार नजिकिएसँगै नुन, तेललगायत खाद्यान्नको अभाव देखिन थालेको छ ।

चाडपर्वका बेला आवश्यकताअनुसारको सामान लिन नपाउँदा स्थानीयबासिन्दा मारमा परेको स्थानीय लक्ष्मण चौहानले बताउनुभयो ।

ढुवानी समस्याका कारण आवश्यकताअनुसार खाद्यान्नको आपूर्ति गर्न नसकेको व्यापारी भलाकाजी खड्काले बताउनुभयो । केही दिनमै सडक राम्रो भएमा सामान आपूर्ति सहज हुने व्यवसायीको भनाइ छ ।

चम्पेमा सप्तचण्डी पुराण

यसैबीच, दलगाउँस्थित बेहेरेश्वर महादेव मन्दिरको सरसफाइ गरिएको छ । पुरातात्विक महत्व बोकेको मन्दिर संरक्षणको अभावमा जीर्ण हुँदै गइरहेकाले यसको संरक्षण र संबद्र्धनमा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको स्थानीय अगुवाको भनाइ छ ।

साथै, चम्पे गाविसमा रहेको वडारे नयाँ देवीथानमा पण्डित सोमनाथ कोइरालासहित नौ जना पण्डितद्वारा सप्तचण्डी पुराण सम्पन्न गरिएको छ ।

वडा दसैँको फूलपाती पूजा गर्नुपुर्व यस देवीथानमा परम्परादेखि नै होमादी दिने कार्य गरिँदै आइएको र सदाका वर्षमा झैँ यस वर्ष पनि होमादी गर्ने कार्यक्रम सम्पन्न भएको चम्पेका स्थानीय सरस्वती फुयाँलले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भिम रावलले १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण कार्यदलको

तोलाकान्त बगाले, वालिङ । यहाँका गाउँले सामूहिकरुपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् । स्याङ्जाको वालिङ

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा