back
CTIZAN AD

माछापुच्छ्रे बैंकद्वारा दुई नयाँशाखाको शुभारम्भ

वि.सं.२०७५ असार २६ मंगलवार

699 

shares

माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।

बैंकले मिति २०७५ आषाढ १८ र १९ गते धनुषाको नागराइन नगरपालिका स्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्णसावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

उक्त शाखाको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्वअध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरी सँग संयुक्त रुपले गरे ।
नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । उक्त एटिएमको उद्घाटन मध्यपूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरे । यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

वि.सं.२०७५ असार २६ मंगलवार ०९:१७ मा प्रकाशित

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

बन्द रहेको स्लेट खानी पुन : सञ्चालन गर्दै मोदी गाउँपालिका

पर्वत । यहाँको मोदी गाउँपालिकाले घर छाउन, आँगनमा बिछ्याउन वा...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...