back
CTIZAN AD

स्कटल्याण्डमा छायांकन गरिएको “कोमल तिम्रो” गीत सार्वजनिक

वि.सं.२०७५ असार २६ मंगलवार

672 

shares

प्रकाश अर्याल, स्कटल्याण्ड। विदेशमा रहेर पनि नेपाली गीतसंगीतमा तल्लिन गायक, संगीतकार नभकृश पन्चकोटीको पछिलो एल्बम “महक” (२०१८)को चर्चित गीत “कोमल तिम्रो”को म्युजिक भिडियो युट्यूब मार्फत सार्बजनिक भएको भएको छ। गायक नभकृश पन्चकोटीको शब्द र स्वर रहेको गीतको संगीत चर्चित संगीतकार हरि लम्सालले गरेका छन् भने एरेञ्ज महाराज थापाको रहेको छ।

म्युजिक भिडियोमा स्कटल्याण्डको मनोरम दृश्यमा कलाकारहरु लियो ट्यांक र पुजा पन्चकोटीको रोमान्स ( प्रेमभाव युक्त अभिनय ) रहेको छ। नेपाल र बेलायतबाट निर्मित धेरै म्युजिक भिडियोहरुमा खेलिसकेका कलाकारहरु लियो ट्यांक र पुजा पन्चकोटीको यस म्युजिक भिडियोमा निकै राम्रो जोडी देखिएको छ। कोरियोग्राफीमा निकै अब्बल मोहन कार्कीले यस म्युजिक भिडियोमा कोरियोग्राफी गरेका छन्। नृत्य विधामा दुई दशक भन्दा बढी अनुभवी कार्कीले नेपालमा रहँदा नायक दिलिप रायमाझीसंग नृत्यमा लामो सहकार्य गरेका थिए।

रो प्रोडक्सन युकेले निर्माण गरेको उक्त म्युजिक भिडियो को निर्देशन दिपेश रेग्मीको रहेको छ। रो प्रोडक्सन युकेले हालै निर्माण गरेको भारतीय गायिका संजीवनी र नारायण धितालको म्युजिक भिडियो “अंगालोमा बाँधी ” नेपाली टिभी हरु र सामाजिक संजालहरुमा निकै चर्चित रहेको छ।

२०४३ सालमा रेडियो नेपालमा स्वर परिक्षण गरेर गायन क्षेत्रमा साधनारत गायक नभकृश पन्चकोटीको १९९८ मा “फलिंग इन लभ “. २००६ मा “क्रियशन ” , २००९ मा “म ” गीती एल्बम निस्किसकेको छ भने २०१८ मा “महक ” गीती एल्बम निस्कने तयारीमा रहेको छ। २०४५ मा म्युजिक नेपालमा रेकर्ड गरिएको गायक पन्चकोटीको ” मायालु ए मेरी मायालु ” गीत ( शब्द सुशील देवकोटा , संगीत सुशील बिश्वकर्मा ) निकै नै चर्चित रहेको थियो।

वि.सं.२०७५ असार २६ मंगलवार ०९:३१ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...