back

एनआरएनए साउदी अरबको वार्षिकोत्सब सम्पन्न

वि.सं.२०७५ साउन ६ आइतवार

132 

shares
NTC AD
Global IME AD

तेज थापा, साउदी । नेपाली राजदूतावास रियाद तथा महाबाणिज्य दूतावास जेद्धादेखी टाढा दुरदराजमा रहेको ताबुक क्षेत्रमा एनआरएनए साउदी अरबले आफ्नो एघारौं वार्षिकोत्सव कार्यक्रम मनाएको छ ।
ताबुक क्षेत्रमा चारबर्ष पहिले सबिस्तार गरिएको क्षेत्रिय समन्वय समितिको चौथो बार्षिकोत्सवलाइ समेत समायोजन गरि २० जुलाईका दिन संयुक्त रूपमा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।

ताबुकस्थित जदिद हाय अल मजरामा सम्पन्न कार्यक्रमको सभापतित्व एनसिसि साउदी अरबका अध्यक्ष नारायण पासवानले गरेका थिए ।


कार्यक्रममा एनआरएनए आइसिसि सदस्य एवम् बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याण समितिमा मध्यपूर्व सहसंयोजक समेत रहेका राजेन्द्र (जोन) अर्याल प्रमुख आतिथ्यता क्षेत्रिय समन्वय समिति ताबुका अध्यक्ष अर्जुन थापा, उपाध्यक्ष राम शरण खाती, एनसिसि साउदि अरबका उपाध्यक्ष भक्त हमाल, ताबुक क्षेत्रिय समन्वय समितिका भुतपूर्व क्षेत्रिय अध्यक्ष हेमन्त बस्नेत, ताबुक क्षेत्रिय समितिका पदाधिकारी लगायत ताबुक क्षेत्र वरवरका नेपाली जनसमुदायहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमका सभापति तथा प्रमुख अतिथिद्वारा संयुक्त रूपमा व्यानर प्रदशन एवम् दिप प्रज्वलन गरि औपचारिक उद्घाटन गरिएको कार्यक्रममा नेपाली राष्ट्रिय गानको धुनले कार्यक्रम थप गुन्जयमान बनेको थियो । क्षेत्रिय समिति ताबुकले मार्चपास गरि अतिथि गणहरूलाइ सम्मान गरेको थियो भने क्षेत्रिय सदस्य भिम गुरूङले स्वागत मन्तव्य दिएका थिए ।


कार्यक्रमका दौरान एनसिसि महासचिवद्वारा तयार पारिएको अध्यावधिक कार्य प्रगति प्रतिबेदन तथा कोषाध्यक्षद्वारा तयार पारिएको आर्थिक प्रतिबेदन कार्यक्रम संचालन एवम् एनसिसि केन्द्रिय सदस्य मनोज बरालले बाचन गरेका थिए ।

त्यसैगरी क्षेत्रिय सचिव युवराज पोख्रेलले ताबुक क्षेत्रिय समन्वय समितिको सांगठानिक प्रतिबेदन र कोषाध्यक्ष देबि बहादुर सुतार कार्कीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
शुभकामना मन्तव्य राख्दै ताबुक क्षेत्रिय समितिका अध्यक्ष अर्जुन थापाले एनसिसि साउदी अरबको एघारौं बार्षिकोत्सव ताबुकमा आयोजना हुनुले आफु गौवरवान्तित भएको बताएका थिए भने क्षेत्रीय उपाध्यक्ष राम शरण खातीले शुभकामना मन्तव्य राख्दै ताबुक क्षेत्रमा बार्षिकोत्सव गर्ने एनसिसिको निर्यणले ताबुक क्षेत्रमा कृयाशिल एनआरएनएहरूमा थप हौसला र उर्जा जागेको जनाए ।


नेपाली राजदूतवास रियाद तथा महावाणिज्य दूतावास जेद्धा भन्दा निकै टाढा रहेको ताबुक क्षेत्रमा नेपाली कामदारहरूको समस्या, उजुरी र समाधानमा निकै कठिनाइ भएको बताउदै एनसिसि उपाध्यक्ष भक्त हमालले एनआरएनएको ताबुकसम्म सन्जाल बिस्तारले ताबुक क्षेत्र वरपर रहेका नेपाली कामदाहरूको पिडा र समस्याहरूमा समन्वकारी भूमिका खेल्न सहज भएको जनाए ।

एनआरएनएको संक्षिप्त गतिबिधि जानकारी दिदै कार्यक्रमका प्रमुख अतिथि अर्यालले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रमको पहिलो खण्ड अन्त्य गर्दै एनसिसि अध्यक्ष तथा कार्यक्रमका सभापति नारायण पासवानले एघारौं बार्षिकोत्सवसम्म आइपुग्दा संस्थामा भएगरेका मुख्य–मुख्य बुंदाहरू र अवस्मणिय क्षणहरुको स्मरण गर्दै आगामी दिनहरूमा सबैसँग हातेमालो गरि अघि बढ्ने कुरा आफ्नो प्राथामिकता रहने बताए ।

कार्यक्रमका दौरान चलाइएको अन्तरकृयामा सहभागि जनाउदै पिडित नेपाली कामदारहरूले आ–आफ्नो समस्या राख्दै उद्धारका लागि पहल गरिदिन अनुरोध गरेका थिए भने उनिहरूको वास्तविक समस्या र उजुरी बारे भक्त हमालले एनसिसि अध्यक्ष तथा बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याण समितिका मध्यपूर्व सहसंयोज दुबैलाइ बिस्तृत रूपमा अवगत गराएका थिए । कार्यक्रमको अन्त्यमा संस्थामा आवद्ध भइ बिशेष योगदान दिने व्यक्तित्वहरूलाइ प्रमाणपत्र बितरण गर्दै सम्मान गरिएको थियो ।

समाचार श्रोत : ताबुकबाट मनोज बराल र देवि बहादुर तारा कार्कीबाट 

वि.सं.२०७५ साउन ६ आइतवार ०९:१६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...