back

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

वि.सं.२०८१ वैशाख ४ मंगलवार

894 

shares
RBB AD
NTC AD

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद नर्वे, नेपाल पोर्तुगिज समाज नर्वे र नेपाल मगर संघ नर्वेको संयुक्त आयोजनामा नर्वेमा नयाँवर्ष २०८१ मनाइएको छ ।

ओस्लोस्थित च्भाकतबमखभष्भल द्दठ द्यवभचपभ मा नौमति लोकबाजा सहित नयाँबर्ष २०८१ को शुभकामना आदान–प्रदान कार्यक्रम भव्य सफलताका साथ सम्पन्न भएको हो ।

सम्पूर्ण नेपाली पोर्चूगीजहरु स्थानीय सामाजिक संस्था नेपोस नर्बेको पहलमा नेपालबाट झिकाईएको सो बाजा जुन संसारका अरुकुनै परम्परागत बाजाहरुको धूनसंग मेल नखाने, नेपाली पहिचान र मौलीकतासंग जोडिएको पञ्चेबाजा हाल जहाँ नेपाली त्यहाँ नौमति बाजा जस्तै बन्न पूगेको छ जुन पहिलोपटक औपचारिक कार्यक्रममा मञ्चमा सम्मानका साथ सार्वजनिक गरिएको हो ।

युरोप र अन्य मुलुकमा यिनै प्राचीन कला र संस्कृतिको सुमधुर धुनले नेपाल राष्ट्रलाई चिनाउने अभियानमा अहम भूमिका खेलेको महशूस पनि भएको थियो । उक्त नौमति बाजालाई प्रो.डा. विशाल सिटौलाद्वारा बिधीपूर्वक मन्त्र बाचन गरी पूजा सम्पन्न गरेर बढ़ाईबाट प्रारम्भ गरिएको नौमति बाजाको धुन नेपालीहरुको मन मूटुमा रहेकोले कार्यक्रम स्थान नेपालमय बनेको थियो ।

गायक तथा वाद्यवादक सुवास पुन मगÞरको सहनाई तथा उनको बेजोड़ गायन प्रस्तुतिले दर्शकहरूको मन जित्न सफल नेपाली मौलिक पन्चे बाजाको मिठो तालसँगै नेपाली तथा विदेशीहरु झुमेर नाचेका थिए ।

सुवास पुन मगरको ‘यो मेरो टोपी’ बोलको गायन प्रस्तुतिपछि स्थानीय तथा अन्तराष्ट्रिय कलाकारहरुलाई सम्मान गरिएको थियो ।

पहिलो चरण महासचिव ईश्वरी प्रसाद खनालद्वारा संचालन गरिएको औपचारिक कार्यक्रममा अध्यक्षता बिष्णु गौतमले गरेका थिए । स्थानीय बिभिन्न संघ संस्थाका प्रतिनिधि आसन ग्रहण गराईएको थियो ।

विभिन्न भेषभुषामा सजिएका नेपालीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रम एनआरएनएका उपाध्यक्ष तथा कार्यक्रम संयोजक श्याम परियारले दोश्रो चरणको कलाकारहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरेका थिए ।

जसमा आयोजक संस्था नेपोस नर्बेका अध्यक्ष राम गुरुङ, नेपाल मगर संघ नर्वेका अध्यक्ष दीपक भुजेल, तथा एनआरएनए महिला उपाध्यक्ष सीता श्रेष्ठ (सिवानी) को रोहवरमा विभीन्न समय र कार्यक्रम सफल पार्न अहं भूमिका निर्वाह गरेका कलाकारहरुलाई खादाद्वारा सम्मान गरिएको थियो ।

नेपाल मगर संघ नर्वेका अध्यक्ष दिपक भुजेल, मदन बेलबासे, चित्र थापा (रोनक) चर्चित कलाकार ईमान बूढ़ा मगरको कमेडी नृत्य, नर्वे निवासी राष्ट्रिय स्तरका कलाकार बिष्णु क्षेत्री, विभिन्न नेपाली पोशाक र मौलिक सस्कृति झल्कने एकल तथा सामूहिक नृत्य, बाल कलाकार, दर्शिका महत् र नौमती बाजा समूह, नेपाली स्कुल नर्वेका चन्द्रहरी राना र टिम, मगर संघ प्रतिनिधि, बरिष्ठ कलाकार सविता गुरूङका साथै कार्यक्रममा उपस्थित गैरआवासीय नेपाली संघ क्षेत्रीय उपसंयोजक, निबर्तमान युवा संयोजक, बर्तमान आई सी.सी. सदस्य पवित्र बस्नेत, पूर्व आइसीसी सदस्य, संरक्षक तथा सल्लाहकारहरु, नेपाल पत्रकार महासंघ युरोपका अध्यक्ष, कार्यक्रम संयोजक श्याम परियार लगायतको विशेष उपस्थिति थियो ।

कार्यक्रम सफल पार्न अहं भूमीका निर्वाह गर्ने सम्पूर्ण सदस्य तथा विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुलाई एनआरएनए नर्बेको तर्फबाट अध्यक्ष गौतमले आभार तथा धन्यबाद ब्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रम संयोजक श्याम परियार, महासचिव ईश्वरी प्रसाद खनालले नयावर्ष २०८१ को शुभकामना मन्तव्य राखेको करीव ४५० जनाको उपस्थिति रहेको बताइएको छ ।

“नेपाली कला, सस्कृति र परम्पराको जगेर्ना गरौ, नेपाली हुनुमा गर्व गरौं “भन्ने मूलनारा लाई आत्मासाथ गर्दै गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदका अध्यक्ष बिष्णु गौतमले आगामि दिनहरुमा सहयोगको अपेक्षासहित नयाँवर्ष सबैको शुभ रहोस् भन्ने कामना गरेका थिए ।

वि.सं.२०८१ वैशाख ४ मंगलवार २१:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

भर्जिनियामा ‘ती निला आँखा’ निबन्धकृतिमाथि चर्चा

काठमाडौं । अमेरिकाको भर्जिनियामा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती...

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

एनआरएनए युगान्डाद्वारा आयोजित रक्तदान कार्यक्रममा १०९ जनाबाट रक्तदान

कम्पाला, युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डाको आयोजनामा ब्लड बैंक...

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

स्याङ्जा सहयोग समाज पोर्चुगलमा अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति

भरत प्रधान, लिस्बन । स्याङ्जा सहयोग समाज पोर्चुगलको चौथो अधिवेशनले...

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

एनआरएनए सिसेल्सद्वारा क्यान्सरले ग्रसित बालिकाको उपचारमा आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) सिसेल्सले क्यान्सर रोगले पीडित...

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...