back

नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया निर्माण,भारतीय दर्शनार्थीको घुइँचो

वि.सं.२०७३ असोज २७ बिहीवार

597 

shares
GLOBAL IME AD
NTC AD

२७ असोज,नवलपरासी  । नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ताजिया (प्रार्थना स्थल) निर्माण गरिएको छ ।

यसवर्ष जिल्लाको महेशपुरमा नेपालकै सबैभन्दा ठूलो ताजिया बनाइएको हो । एक सय २५ फिट अग्लो, ८५ फिट चौडाइँ रहेको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।

सो ताजिया निर्माण गर्न करिब दुई हजारबाट बाँस, एक क्विन्टल काटी, ५० किलो तार, ८० रिम कागज लगाई ५० खण्डमा ताजिया तयार गरिएको छ ।

ताजियालाई तीनजना मिस्त्रीसहित १० जना कामदार मिली तीन महिना लगाएर तयार गरिएको हो । मुस्लिम समुदायको तेस्रो महान् पर्व महोरम्मको अवसरमा नवलपरासीमा सञ्चालित ताजिया मेलामा ताजिया मुख्य आकर्षणका रुपमा रहेको छ ।

यसबाहेक थकरी, ढाँकतासा, लाठीभाला प्रतियोगितमा समेत मेला सञ्चालन गरिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।

आरबी तारिखको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन मुस्लिम धर्मगुरु (हजरत) इमामे हुसैनले आफ्नो घरपरिवारसहित इस्लाम धर्मलाई बचाउनका लागि सहिद भएकाले उनको सम्झनामा ताजिया बनाई दर्शन गर्ने गरिएको छ ।

पिङप्रति युवा पुस्ताको चासो घट्दै

यसपटक नवलपरासीमा दसैँको अवसरमा गाउँघरमा निकै चहलपहल देखिए तापनि परम्परागत दसैँमा खेलिने लिङ्गे पिङप्रति भने धेरैको चासो घट्दै गएको पाइएको छ ।

युवा पुस्ता मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुनु, लिङ्गे पिङ खेलेरभन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दसैँ मनाउन थालेका कारण पिङको महत्व विस्तारै लोप हुँदै गइरहेको पाइएको हो ।

दसैँं तिहारमा लिङ्गे पिङको आफ्नै महत्व छ । पिङ खेलेर रमाइलो गर्दै एकपटक भुइँ छाड्नुपर्ने प्रचलन पनि रहँदै आएको छ । तर केही वर्षयतादेखि दसैँंको मुख्य आकर्षणका रुपमा रहेको पिङप्रति युवा पुस्ताको आकर्षणमा कमी आएको पाइएको हो ।

गाउँमा समेत पिङ पनि देख्न मुस्किल भइसकेको छ । अहिले मनोरञ्जनका लागि विभिन्न स्रोत र साधनको विकास हुँदै गएका कारण पनि पिङ हाल्ने चलन विस्तारै कम हुँदै गएको नवलपरासीको प्रगतिनगरका युवा रञ्जीत पङ्गेनी बताउहुन्छ ।
एक दुईजनाको प्रयासले मात्र नहुने र गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि गाउँघरमा पिङ देख्न छाडिएको स्थानीयवासी युवा केदार अधिकारीको भनाइ छ ।

पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु तथा सोका लागि आवश्यक पर्ने बाबियो घाँससमेत गाउँघरमा पाइन छाडेपछि दसैँंको बेलामा हालिने मौलिक लिङ्गे पिङ देख्न पनि मुस्किल परेको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १३:४७ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...