back
CTIZAN AD

नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो ताजिया निर्माण,भारतीय दर्शनार्थीको घुइँचो

वि.सं.२०७३ असोज २७ बिहीवार

1.1K 

shares

२७ असोज,नवलपरासी  । नवलपरासीमा नेपालकै सबैभन्दा ठूलो दाबी गरिएको ताजिया (प्रार्थना स्थल) निर्माण गरिएको छ ।

यसवर्ष जिल्लाको महेशपुरमा नेपालकै सबैभन्दा ठूलो ताजिया बनाइएको हो । एक सय २५ फिट अग्लो, ८५ फिट चौडाइँ रहेको ताजिया हेर्न नवलपरासी, रुपन्देही, कपिलवस्तुसहित छिमेकी सीमावर्ती भारतीय दर्शनार्थीको घुइँचो लागेको छ ।

सो ताजिया निर्माण गर्न करिब दुई हजारबाट बाँस, एक क्विन्टल काटी, ५० किलो तार, ८० रिम कागज लगाई ५० खण्डमा ताजिया तयार गरिएको छ ।

ताजियालाई तीनजना मिस्त्रीसहित १० जना कामदार मिली तीन महिना लगाएर तयार गरिएको हो । मुस्लिम समुदायको तेस्रो महान् पर्व महोरम्मको अवसरमा नवलपरासीमा सञ्चालित ताजिया मेलामा ताजिया मुख्य आकर्षणका रुपमा रहेको छ ।

यसबाहेक थकरी, ढाँकतासा, लाठीभाला प्रतियोगितमा समेत मेला सञ्चालन गरिएको छ । मेला शुक्रबारसम्म चल्नेछ ।

आरबी तारिखको पहिलो महिना मोहर्रमुल हरामको १० तारिखका दिन मुस्लिम धर्मगुरु (हजरत) इमामे हुसैनले आफ्नो घरपरिवारसहित इस्लाम धर्मलाई बचाउनका लागि सहिद भएकाले उनको सम्झनामा ताजिया बनाई दर्शन गर्ने गरिएको छ ।

पिङप्रति युवा पुस्ताको चासो घट्दै

यसपटक नवलपरासीमा दसैँको अवसरमा गाउँघरमा निकै चहलपहल देखिए तापनि परम्परागत दसैँमा खेलिने लिङ्गे पिङप्रति भने धेरैको चासो घट्दै गएको पाइएको छ ।

युवा पुस्ता मनोरञ्जनका वैकल्पिक साधनप्रति आकर्षित हुनु, लिङ्गे पिङ खेलेरभन्दा पनि जुवा तास, मदिरा सेवन गरेर दसैँ मनाउन थालेका कारण पिङको महत्व विस्तारै लोप हुँदै गइरहेको पाइएको हो ।

दसैँं तिहारमा लिङ्गे पिङको आफ्नै महत्व छ । पिङ खेलेर रमाइलो गर्दै एकपटक भुइँ छाड्नुपर्ने प्रचलन पनि रहँदै आएको छ । तर केही वर्षयतादेखि दसैँंको मुख्य आकर्षणका रुपमा रहेको पिङप्रति युवा पुस्ताको आकर्षणमा कमी आएको पाइएको हो ।

गाउँमा समेत पिङ पनि देख्न मुस्किल भइसकेको छ । अहिले मनोरञ्जनका लागि विभिन्न स्रोत र साधनको विकास हुँदै गएका कारण पनि पिङ हाल्ने चलन विस्तारै कम हुँदै गएको नवलपरासीको प्रगतिनगरका युवा रञ्जीत पङ्गेनी बताउहुन्छ ।
एक दुईजनाको प्रयासले मात्र नहुने र गाउँघरका युवा रोजगारीका लागि विदेश गएका कारण पनि गाउँघरमा पिङ देख्न छाडिएको स्थानीयवासी युवा केदार अधिकारीको भनाइ छ ।

पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु तथा सोका लागि आवश्यक पर्ने बाबियो घाँससमेत गाउँघरमा पाइन छाडेपछि दसैँंको बेलामा हालिने मौलिक लिङ्गे पिङ देख्न पनि मुस्किल परेको छ । रासस

वि.सं.२०७३ असोज २७ बिहीवार १३:४७ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...