back
CTIZAN AD

ब्रिक्स सम्मेलनः प्रधानमन्त्री दाहाल गोवामा

वि.सं.२०७३ असोज २९ शनिवार

1.1K 

shares

२९ असोज, गोवा भारत। भारतको गोवामा हुन लागेको ब्रिक्स सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल केहीबेर अघि यहाँ आइपुग्नुभएको छ ।

सम्मेलनमा भाग लिन आजै उहाँ नेपाल वायु सेवा निगमको जहाजबाट १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको नयाँ दिल्ली हुँदै गोवा आइपुग्नुभएको हो ।

उहाँलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल तथा गोवामा भारतीय विदेश राज्यमन्त्री एमजे अकबर र नेपालका लागि भारतीय राजदूत रणजीत रायले स्वागत गर्नुभएको थियो ।

सम्मेलनका क्रममा गोवामा रहँदा प्रधानमन्त्री दाहालले आजै चिनियाँ राष्ट्रपति सि जिन पिङ र भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ‘ब्रिक्स विमस्टेक आउटरिच सम्मेलन’लाई सम्बोधन गर्नुहुनेछ ।

सम्मेलनबाट ब्रिक्सलाई संस्थागत गर्ने, विगतका समझदारी कार्यान्वयनमा लैजाने, ब्रिक्स संयन्त्रलाई एकताबद्ध गराउने, सहकार्यका लागि नयाँ अध्यायको खोजी गर्ने र संस्थागत क्रियाकलापलाई निरन्तरता दिने जस्ता निर्णय हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रधानमन्त्री दाहालले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना, दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोब जुमा, ब्राजिलका राष्ट्रपति मिसेल टेमर र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग द्विपक्षीय भेटघाट हुने बताइएको छ । रासस

वि.सं.२०७३ असोज २९ शनिवार १०:३७ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...