Logo
८ आश्विन २०८०, सोमबार
     Mon Sep 25 2023
E-paper
  English Edition
   Unicode
Logo

परम्परागत आरन लोप हुँदै



१ कात्तिक,पाल्पा। कृषि औजारहरु निर्माण गर्ने आरन लोप हुन थालेका छन् ।

जिल्लाका ग्रामीण तथा सहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन अहिले देखिन छाडेका छन् ।

दलित समुदायको पुख्र्यौली पेसाका रुपमा रहेको कृषि औजार निर्माण गर्ने पेसामा युवा पुस्ताको आकर्षण हुन नसक्दा आरन पेसा सङ्कटमा पर्दै आएको हो ।

कृषि उत्पादनमा प्रयोग गरिने औजारहरु अहिले बजारमा अत्याधुनिक सरसामान प्रशस्त पाइन थालेपछि कृषकको आकर्षणसमेत स्थानीयस्तरमा उत्पादितभन्दा पनि प्रविधिद्वारा निर्मित औजारको प्रयोगमा बढ्न थाल्दा गाउँ सहरमा आरन देख्नसमेत रहर हुन थालेको हो ।

हँसिया, कोदालो, ओदान, कुटो, दाउ, फालीलगायतका कृषि औजार उत्पादन गर्दा फलामलाई कोइलाको आगोमा तताएर नै औजारको आकार दिने र पुराना भएका कृषि औजारलाई अर्जापेर धारिलो बनाउने गरिन्छ । कोइलाको आगोमा अर्जाप्दा कृषि औजार बढी टिकाउ हुने प्रयोगकर्ता बताउँछन् ।

आजभन्दा २० वर्षअघि जिल्लाको यम्घा, हुमिन, छहरा, फेक, पालुङ्गमैनादी, कचल, भुवनपोखरी, सोमादी, सिद्धेश्वर, ख्याह, देउराली, ताहु, वीरकोटलगायतका गाविसमा प्रशस्त देखिने आरन अहिले जिल्लामा खोज्नुपर्ने अवस्था रहेको चापपानीका शिव विश्वकर्माले जानकारी दिनुभयो ।

नयाँ प्रविधिबाट स्वदेश तथा विदेशमा उत्पादित कृषि औजारले बजार कब्जा गर्न थालेपछि ग्रामीण क्षेत्रका आरन विस्थापित हुने अवस्था आएको यम्घाका खुमबहादुर विकले बताउनुभयो ।

दलित समुदायको पुख्र्यौली पेसालाई राज्यले सम्मान र अत्याधुनिक तरिकाबाट अघि बढाउनुपर्ने उहाँले बताउनुभयो ।

दलित समुदायको पुख्र्याैली पेसालाई राज्यले सम्मानित पेसाका रुपमा स्थापित गर्न बजेट विनियोजन गर्नसमेत आवश्यक रहेको दलित वर्ग समन्वय समिति, पाल्पाका पूर्व उपाध्यक्ष खुमबहादुर विकको भनाइ छ । रासस


-->

बेइजिङ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना चिनियाँ समकक्षीसँग आज द्विपक्षीय

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र

गण्डकी । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५

गलकोट (बागलुङ) । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूगोल, जनसङ्ख्या र बजेटका आधारमा योजना बनाउँदा