back

कृषकद्वारा भन्सार कार्यालयको गेटमै विरोध

वि.सं.२०७३ कात्तिक १ सोमवार

744 

shares
IME Limited
NTC AD

१ कात्तिक,कञ्चनपुर । कञ्चनपुर र कैलाली जिल्लाका केरा उत्पादक कृषकले गड्डा चौकी भन्सार कार्यालयको गेटमै केरा तेस्र्याएर आज विरोध जनाएका छन् ।

दुवै जिल्लाका केरा कृषकले प्रयोगशालामा परीक्षण नगरीकनै विषादी राखिएको केरा भारतबाट भित्र्याउने कार्यको विरोध गरेका हुन् ।

“विश्व व्यापार सङ्गठनको मापदण्ड मिचेर विषादी राखेर पकाइएको भारतीय केरा भित्र्याउने कार्यको विरोध गरेका हौँ” कैलालीका केरा व्यवसायी लक्षीराम आचार्यले बताउनुभयो ।

कैलालीका केरा खेतीमा संलग्न कृषक आचार्यले युवा कृषकले जिल्लामै पुग्ने गरी करोडौँ रकम खर्चेर केरा उत्पादन गरे पनि भन्सारमा रहेको सरकारी निकायले निर्वाध परीक्षण नगरिकनै भारतीय केरा भित्र्याउन दिँदा यहाँका कृषकको लगानी जोखिममा परेको बताउनुभयो ।

कञ्चनपुरका केरा कृषक लोकेन्द्र लम्सालले गैरकानुनी ढङ्गबाट केरा नेपाल भित्र्याउने कार्यले अर्थतन्त्रमा नकारात्मक असर पुगेको बताउनुभयो ।

“भारतबाट आउने केरा प्रयोगशालामा परीक्षण गरेरमात्रै आयात हुनुपर्ने व्यवस्था भएपनि प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीका कर्मचारीले अाँँखाले हेरेर प्रमाणपत्र दिने भएकाले भारतीय केरा व्यवसायीलाई सहज भएको छ” – उहाँले भन्नुभयो ।

प्रयोगशालामा परीक्षण नगरिकनै केरा भित्र्याउने कार्यको विरोध गरेका छौँ, उहाँले भन्नुभयो – “अखाद्य केराको परीक्षण गर्ने व्यवस्था नहुँदासम्म भित्र्याउन दिँदैनौँ, यसका लागि थप आन्दोलनका कार्यक्रम अगाडि बढाइन्छ ।” रासस

वि.सं.२०७३ कात्तिक १ सोमवार ०९:५१ मा प्रकाशित

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

प्रधानमन्त्री केपी शर्मा ओली झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

जनसाङ्ख्यिक चुनौती समाधान गर्न राष्ट्रिय नीति आवश्यकः मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले देशमा जनसङ्ख्या वृद्धिदर...

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

तिलोत्तमा नगरपालिकाद्वारा लम्पीस्किन रोगविरुद्ध खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लम्पीस्किन रोगविरुद्ध सञ्चालन गरेको खोप...

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले रसुवामा हालै...