back
CTIZAN AD

मिर्गौला रोगले पीडित खनाललाई अमेरिका र अष्ट्रेलियाबाट सहयोग

वि.सं.२०७५ भदौ १६ शनिवार

918 

shares

१६ भदौ, बनियानी, झापा । झापा गौरादह–९ का मिर्गौला पीडित बोधराज खनालको उपचारका लागि प्रवासमा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

अष्ट्रेलिया र अमेरिकालाई कर्मभूमि बनाएर बस्दै आएका नेपालीले खनालको उपचारका लागि रु ८० हजार उपलब्ध गराएका हुन् । स्थानीयवासीले कृष्ण गौतमको नेतृत्वमा ‘बोधराज खनाल बचाऊ’ अभियान सञ्चालन गरिएकाले बालकल्याण मावि महाभाराका पूर्व विद्यार्थीले सोही विद्यालयमा कार्यरत भीमप्रसाद खनालका छोरा बोधराजको उपचारका लागि सहयोग जुटाएका हुन् ।

उक्त विद्यालयका पूर्व विद्यार्थी तथा अष्ट्रेलियास्थित झापाली समाजका उपाध्यक्ष नेत्र पौडेलको नेतृत्वमा सङ्कलित रु ७० हजार बिहीबार पीडितको घरमै जनप्रतिनिधिको रोहबरमा परिवारलाई प्रदान गरिएको थियो ।

सो रकम उपाध्यक्ष पौडेलका बुबा खेमकुमार पौडेल र गौरीगञ्ज गाउँपालिका–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले खनाले हस्तान्तरण गरेका थिए । त्यसैगरी बैगुनधुरा घर भई हाल अमेरिकामा बस्दै आएकी जीना ढुङ्गानाले पनि पीडित परिवारलाई रु १० हजार सहयोग गरेका छन् ।

वि.सं.२०७५ भदौ १६ शनिवार १३:४१ मा प्रकाशित

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड

ललितपुर । पत्रकारिता क्षेत्रका अगुवा तथा विज्ञहरूले सूचना, प्रविधि र...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...