back
CTIZAN AD

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

वि.सं.२०८३ असार २२ सोमवार

222 

shares

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ । केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन् ।“पहिले घरमा झगडा गर्ने, काममा नसघाउने र धेरै जिद्दी गर्ने गर्थें”,उनी भन्छिन् ,“अहिले परिवार, साथी, पढाइ र समयको महत्व बुझेकी छु । यो सबै मैले ‘हाम्रो खुसी’ कक्षाबाट सिकेकी हुँ ।”

सिम्रनको परिवर्तन व्यक्तिगत अनुभव मात्र नभई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मध्यविन्दु नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावको एउटा उदाहरण हो ।
गण्डकी प्रदेश सरकारको रु. ७५ लाख र मध्यविन्दु नगरपालिकाको रु. ४१ लाख साझेदारी लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम हाल नगरभित्रका ६६सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यान्वयनमा रहेको छ ।
कक्षा १ देखि ८ सम्म लागू गरिएको पाठ्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै जीवन उपयोगी सीप, नैतिक मूल्य, भावनात्मक सन्तुलन, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ ।

नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि देवकोटाका अनुसार कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । “पहिले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित थियो”, उनले भने, “अहिले उनीहरू परिवार, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोडिन थालेका छन् । सिकेका कुरा व्यवहारमा उतार्न थालेपछि विद्यालयको वातावरणसमेत सकारात्मक बन्दै गएको छ ।”

मध्यविन्दु –७ की अभिभावक लक्ष्मी न्यौपानेले पनि आफ्नो छोरिमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । “पहिले विद्यालयबाट आएपछि मोबाइलमै झुण्डिन्थीन”, उनले भने,“अहिले घरका काममा सघाउँने, ठूलाबडाको सम्मान गर्ने र जिम्मेवार बन्दै गएको देखेको छु ।” विद्यार्थीसँगै अभिभावकलाई पनि कार्यक्रमसँग जोड्ने उद्देश्यले यस वर्ष एक हजारभन्दा बढी अभिभावकलाई ‘हाम्रो खुसी’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको नगर प्रमुख भीमलाल अधिकारीले बताए । “हामीले विद्यालयमा मात्र सीमित नभई समुदायमै सकारात्मक सोच र संस्कारको वातावरण निर्माण गर्ने प्रयास गरेका छौं”,उनले भने, “विद्यार्थी, शिक्षक र अभिभावकबीच साझा बुझाइ विकास हुँदा यसको प्रभाव अझ प्रभावकारी देखिएको छ ।”

‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण मध्यविन्दु नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुन थालेको छ । यसै शैक्षिक सत्रदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि यो पाठ्यक्रम लागू गरेको छ । विद्यालय, परिवार र समुदायलाई एकै सूत्रमा जोड्दै विद्यार्थीको व्यवहार, सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको ‘हाम्रो खुसी’ कार्यक्रमलाई स्थानीय तहमा शिक्षा क्षेत्रमा गरिएको नवप्रवर्तनात्मक अभ्यासका रूपमा हेरिएको छ ।

वि.सं.२०८३ असार २२ सोमवार १२:०६ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...