१६ भदौ, काठमाडौँ । एशिया कप छनोट अन्तर्ग दबाबमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा मलेशियालाई हराएकोत नेपालले मलेसियालाई १९ रनले पराजित गरेको छ ।
ल्गातार दुई खेलमा हार बेहोरेर दबाबमा रहेको नेपालले आफ्नो तेस्रो खेलमा मलेशियालाई हराएको हो । नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेटको क्षतिमा १६९ रनमा समेटिएको हो । मलेशियालाई सस्तैमै समेट्न नेपालका लागि बसन्त रेग्मीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए ।
मलेसियाका लागि सायेद मुबारक र अनवरी अरुदिनले सर्वाधिक ३४ रनको योदान दिए भने अहमद फैज मोहमद नुरले र जगजित सिंह क्रमशः २२ तथा २१ रन बनाए ।
यसअघि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले शतकीय साझेदारी गरेपछि नेपालले एशिया कप छनौट अन्तरगत तेस्रो खेलमा मलेसियासामु १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनायो ।
वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो । दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले सतकीय साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर खडा गरेको थियो । ऐरीले ५१ बलमा ६ चौका र १ छक्काको मद्दतले ५४ रन बनाए ।
शेखले नटआउट रहँदै मात्र ४८ बलमा ६४ रन बनाए । यस क्रममा उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।
नेपालका लागि ओपनर अनिल कुमार साहले १६, पारस खड्काले १३ तथा ज्ञानेन्द्र मल्लले ११ रन बनाए ।
मलेसियाका लागि इद्रुसले ३ तथा शारविन मुनियान्डीले ३–३ विकेट लिए ।
यस अघी भदौ १३ गते भएको छनोटको पहिलो खेलमा ओमन र १४ गते भएको दोस्रो खेलमा नेपाल पराजित भइसकेको छ । अब नेपालले सिङ्गापुरसँग १७ र हङकङसँग १९ गते खेल्नेछ ।
वि.सं.२०७५ भदौ १६ शनिवार १६:०८ मा प्रकाशित


























