back
CTIZAN AD

एशिया कप छनोट : सिंगापुर १५१ रनमा समेटियो, लामिछाने र राजवंशीको उत्कृष्ट बलिङ

वि.सं.२०७५ भदौ १७ आइतवार

789 

shares

१७ भदौ, काठमाडौँ । मलेसियामा जारी एसीसी एसिया कप छनोट अन्तर्गत चौथो खेलमा नेपाललाई सिंगापुरले १५२ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा अलआउट हुँदै १५१ रन मात्र बनाउन सक्यो ।

सिंगापुरलाई सस्तैमा रोक्न नेपालका युवा बलर सन्दिप लामछाने र ललितनारायण राजबंशीले ३÷३ विकेट लिए। यस्तै सोमपाल कामीले २ विकेट लिए बसन्त रेग्मीले १ विकेट लिए ।
सिंगापुरका लागि चेतन रामचन्द्र सूर्यबंशीले सर्वाधिक ६० रन बनाए । यस्तै अनिश पारामले ३१ रन बनाउनुबाहेक अन्य सिंगापुरका ब्याट्मेन नेपाली बलरसामू टिक्न सकेनन्।

१० ओभर बलिङ गरेका लामिछानेले ३५ रन खर्चिएर ३ विकेट लिएका थिए । यस्तै ९ ओभरनै बलिङ गरेका ललितले २७ रन खर्चिएर ३ विकेट लिए।

सुरूवाती पाँच ओभरमै तीन विकेट गुमाएको सिंगापुरले सूर्यबंशी र पारामले चौथो विकेटका लागि ८० रनको साझेदारी गरेका थिए।
एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले कुनै पनि हालतमा सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ। आजै भएको अर्को खेलमा यएईले घरेलु टोली मलेसियालाई ९२ रनमा समेटेर जवाफी ब्याटिङ थालेको छ। अर्को खेलमा हङकङ र ओमान खेलिरहेका छन्।

वि.सं.२०७५ भदौ १७ आइतवार १०:१४ मा प्रकाशित

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित...

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

विश्वकप फुटवल : अस्ट्रियालाई हराउँदै अन्तिम १६ मा प्रवेश

काठमाडौँ । अस्ट्रियालाई पराजित गर्दै स्पेन फिफा विश्वकप फुटबल २०२६...

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

कंगोलाई हराउँदै इङ्ग्ल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

विश्वकप फुटबलः अफ्रिकालाई पराजित गर्दै क्यानडा प्रिक्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ । दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकप फुटबल २०२६...