back
CTIZAN AD

बेल्जियमको प्रान्तिय सदस्यमा भण्डारीको उम्मेदवारी

वि.सं.२०७५ भदौ २३ शनिवार

666 

shares

बेल्जियम निवासी डिल्लीराम भण्डारी बेल्जियमको स्थानिय निर्बाचन नेपाली समुदायको तर्फबाट उम्मेदवार बनेका छन् । भ्लामस ब्राबान्त ( Vlaams Brabant )  प्रान्त को प्रान्तिय सांसदको लागि Partij Van De Arbeider (PVDA)  Workers Party of Belgiumको तर्फबाट भण्डारी उम्मेदवार बनेका हुन्।

आउदो अक्टोवर १४ तारिखका दिन हुने उक्त निर्वाचनमा गॉऊ वा नगरपालीका (Gementeraad )  र प्रान्तीय (Provincieraad ) गरि दुई पटक भोट दिनुपर्ने जानकारी दिँद उम्मेदवार भण्डारीले विशेषगरि बेल्जियमको Vlaams Brabant (Oost ) मा बस्ने सम्पुर्ण नेपाली समुदायलाई आफूलाई भोट दिएर विजयी गराउन आग्रह गरेका छन् । उनले आफूलाई मत दिएर विजय गराइ नेपालीहरुको शान र मान दुवै ऊचो बनाउन आग्रह गर्दै आफ्नो जितले बेल्जियम समाजमा नेपालीको उच्चस्थान रहने बताएका छन् ।

लुभेनको नगरपालीका सदस्य पदमा बिभिन्न पार्टीका तर्फबाट बिभिन्न नेपाली समुदायहरु उम्मेदवार बनेका छन् भने प्रान्तिय सदस्यको लागि भण्डारी मात्रै उम्मेदवार हुन् । प्रत्येक मतदाताले एकमत उनलाई दिएर अनि नगरपालिकाका कुनै पनि उम्मेदवार लाई मत दिन मिल्छ । उनी भन्छन् “लुभेनमा र भ्लामस ब्राबान्त अन्तरगत बस्ने सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरूले मलाई मत दिएर र अन्यत्र बस्ने साथिहरूले वहॉहरूलाई मत दिन आग्रह गरेर सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु ।’

वि.सं.२०७५ भदौ २३ शनिवार २०:२८ मा प्रकाशित