back
CTIZAN AD

‘अटवारी’ पर्व शुरु

वि.सं.२०७५ भदौ ३१ आइतवार

648 

shares

३१ भदौ, धनगढी । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा आजदेखि ‘अटवारी’ पर्व शुरु भएको छ ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।

यो समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन । वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा संस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्दछन ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ दिनभर व्रत बस्ने प्रचलन छ । व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा मीठो परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन । पूजाको कामपछि पकाइएका खानाका परिकार व्रतालुले प्रसादको रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी, दिदीबहिनीको घरसम्म पु¥याउने प्रचालन रहेको छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारतको युद्धमा पराजित भइ बनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन ।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ । अटवारी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्रीको शुभकामना

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले यो पर्वका अवसरमा आज दिएको शुभकामना सन्देशमा अटवारी पर्वले प्रदेशमा एकता, भ्रातृत्व, सामाजिक न्याय, र समृद्धिको सन्देश दिन सकोस् भनी शुभेच्छा प्रकट गरेको छ । साथै यो पर्व मनाउने थारू समुदायका दाजुभाइ दिदीबहिनीलगायत सबै देशवासीलाई शुभकामना व्यक्त गरेको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १२:१८ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...