back
CTIZAN AD

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव

वि.सं.२०७५ भदौ ३१ आइतवार

615 

shares

३१ भदौ, मस्को, रूस । रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रूसको सीमा क्षेत्रमा जमिनको बिषयलाई लिएर लामो समयदेखि विवाद भएको भन्दै यसलाई वार्ताका माध्यमबाट समाधान गर्नुुपर्ने नयाँ प्रस्ताव ल्याएको हो ।

यदि दुई मुलुकबीच सम्झौता भएमा रूस र जापानको सीमा क्षेत्रमा रहेको कुरिल टापूको विवाद पनि समाधान हुने अल जजिरा टेलिभिजनले जनाएको छ । दोस्रो विश्व युद्धको अन्त्यपछि जापान र रूसबीच ठूला विवाद नदेखिए पनि दुर्भाग्यबस उनीहरूबीच कुनै सम्झौता भने हुन सकेको छैन ।

“मैले एउटा उपाय सोचेको छु । यो बर्षको अन्त्य पहिले हामीले ‘कुनै पूर्व शर्तविना’ शान्ति वार्ता गर्नुपर्छ,” रूसको पूर्वी शहर भ्लादिभोस्तोकमा भएको आर्थिक फोरममा रूसी राष्ट्रपतिले भनेकोे पुटिनलाई उद्धृत गरी अलजजिराले उल्लेख गरेको छ ।

पुटिनको प्रस्तावमा जापानी प्रधानमन्त्री सिन्जो आवेले कुनै प्रतिक्रिया भने नदिनुभएको अल जजिराले बताएको छ ।

तर जापानको मन्त्रीमण्डलका पूर्व मुख्य सचिव योसिहिदे सुगाले भने सम्झौता गर्नु पहिले रूस र जापानबीच रहँदै आएका जमिनसम्बन्धी विवादलाई टुङ्गाउनुपर्ने बताएको समाचारमा उल्लेख छ ।

पुटिन र आवेबीच भौगोलिक सीमानाका बिषयमा यस पहिले पटक पटक छलफल भए पनि ती बैठकहरू विवाद अन्त्य गर्न असफल सिद्ध भएका थिए ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १२:२४ मा प्रकाशित

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

होक्काइडोमा ६.२ म्याग्निच्युडको भूकम्प

टोकियो । जापानको उत्तरी टापु होक्काइडोमा सोमबार बिहान ६.२ म्याग्निच्युडको...

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...