back
CTIZAN AD

टिमुरेमा दुईको मृत्यु, नौ घाइते

वि.सं.२०७५ भदौ ३१ आइतवार

633 

shares

३१ भदौ, रसुवा । निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम जिल्ला भूमे गाउँपालिका– ९ का ५० वर्षीय भीम रोकाको स्थानीय मेडिकलमा उपचारका क्रममा र मकवानपुर जिल्ला हेटौँडा नगरपालिका–११ मकवानपुरका २२ वर्षीय रमेश कप्तौलाको घटनास्थलमै मृत्यु भएको हो ।

उनीहरु टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो । सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू्.ई मार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।

सोही दुर्घटनामा गम्भीर घाइते रुकुम जिल्ला भूमि गाउँपालिका–२ का २५ वर्षीय जगदीश रोका, रुकुम जिल्लाकै काक्रेका २२ वर्षीय टेकमान बुढा र ४२ वर्षीय चिनियाँ नागरिक छेत्यो थअतजभथय रहेका छन ।

उनीहरुलाई गएराति नै थप उपचारार्थ काठमाडाँै पठाइको थियो । धुञ्चे अस्पतालमा भर्ना भएका अर्का प्रकाश भट्ट भने थप उपचारार्थ आज बिहानै काठमाडाँै पठाइएको रसुवा जिल्ला अस्पताल धुञ्चेले जनाएको छ ।

सामान्य घाइते भएका अन्यको ठेकेदार कम्पनी चिनियाँ सी.डब्लू.ई को टिमुरेस्थित मेडिकल क्याम्पमा उपचार भइरहेको जलविद्युत आयोजनाले जानकारी दिएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १२:४० मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...