back

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

वि.सं.२०७५ भदौ ३१ आइतवार

495 

shares

३१ भदौ, काठमाडौँ । उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन रु यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस ।

घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रयास थालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा यस्ता घटनासम्बन्धी दैनिक दुई हजार बढी फोन आउने गरेको छ ।

कार्यालयका अनुसार उपत्यकामा हुने झैझगडा, कुटपिट, चोरी, डकैतीजस्ता घटनाबारे जानकारी दिन यस्ता फोन आउने गरेको हो । झण्डै ६० लाख जनसङ्ख्या भएको उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका २५ वटा फोन लाइनमा यस्ता गुनासा आउने गरेको छ ।

घटना हुनेबित्तिकै जानकारी दिन कन्ट्रोल नं १०० को १८ लाइन, चार अङ्क (११७७) को एक लाइन, मोबाइल ९८५१२८३८३५, ९८५१२८३०२६, ९८६०३१२२१० र ९८६०३१२१३ का चार लाइन, स्मार्ट फोन एक लाइन र टेलिफोन ०१–४२२८४३५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ भने ‘हाम्रो पुलिस’ मोबाइल एप्समासमेत सूचना आउने गरेको छ ।

कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक प्रद्युम्नकुमार कार्की पछिल्लो समय प्रहरीप्रति जनताको विश्वास बढेर गएको बताउछन । “दैनिक दुई हजार कल महानगरीय कार्यालयमा मात्र आउने हो, त्यसका अलावा प्रवक्ता, परिसर प्रमुख, वृत्त प्रमुख र प्रभागका प्रमुखलाई समेत फोन आउने गरेको छ”,उनी भन्छन ।

कार्यालयमा आउने फोनमध्ये झैझगडा र दुर्घटनाका बढी छ । उपत्यकाका सबै परिसर, वृत्त, प्रभाग र इलाका प्रहरी कार्यालयमा आउने कल जोड्ने हो भने दैनिक तीन हजारभन्दा बढी हुन जाने र गोप्य राख्नुपर्ने सूचना भने प्रवक्ता र प्रहरी कार्यालयमा आउने गरेको प्रवक्ता कार्कीको भनाइ छ ।

कहिलेकाहीँ प्रहरीलाई दुःख दिने नियतले समेत विभिन्न घटना भएको भनेर ढाँट्नेसमेत गरेको पाइएको र ढाँट्ने व्यक्तिलाई समातेर कारवाही गरिएको कार्यालयले जनाएको छ ।

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्ति सुरक्षालाई मजबुत बनाउनका लागि तोकिएको पोशाक र सादा पोशाकका प्रहरी, ठाउँठाउँमा सिआरबी र क्यूआरटी भ्यान, मोटरसाइकल, साइकलसहितका प्रहरी खटाइएको छ । कार्यालयअन्तर्गत हाल ११ हजारभन्दा बढी प्रहरी कार्यरत छन ।

कार्यालय मातहतमा हाल उपत्यकामा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड, ट्राफिक प्रहरी महाशाखा, काठमाडौँ, भक्तपुर, ललितपुरका महानगरीय प्रहरी परिसर, महानगरीय अपराध महाशाखा, मानव व्यवस्थापन महाशाखा, शान्ति सुरक्षा महाशाखा, विशेष सुरक्षा महाशाखा, नेपाल प्रहरी विद्यालय, पर्यटक प्रहरी र त्यसअन्तर्गतका विभिन्न वृत्त, प्रभाग, बिट र इलाका प्रहरी कार्यालय सञ्चालनमा छन ।

यस्तै ट्राफिक दुर्घटनासम्बन्धी जानकारी दिन महानगरीय ट्राफिक प्रहरी महाशाखामा छुट्टै लाइनको व्यवस्था गरिएको छ । उपत्यकाको जुनसुकै ठाउँमा दुर्घटना भए पनि १०३ हटलाइनमा खबर गरेपछि तत्काल ट्राफिक प्रहरी पुगेर घटनाबारे जानकारी लिन्छ ।

दैनिक बढ्दो सवारी चाप र दुर्घटनाबारे जानकारी लिनका लागि महाशाखामा १०३ नंका आठ हटलाइनको व्यवस्था गरिएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त उपत्यकामा हुने सवारी चाप, दुर्घटना, ट्याक्सी ठगीलगायत समस्या समाधानका लागि १०३ यात्रुका लागि सहयोगी भएको बताउछन । यसैगरी उपत्यकाको ट्राफिक व्यवस्थापनबारे जानकारी लिन ट्राफिक एप्सको समेत व्यवस्था गरिएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १४:३६ मा प्रकाशित

Himalayan Life AD
गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ काव्य उत्सव– २०८२ सम्पन्न

गल्याङ, स्याङ्जा । नेपाली साहित्यिक जगतका नाट्यसम्राट बालकृष्ण समको १२४...

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

गुल्मी-२ मा पुराना उम्मेदवारलाई नयाँको चुनौती, यी हुन् प्रतिश्प्रधी अनुहार

तम्घास । गुल्मी क्षेत्र नं २ मा आगामी प्रतिनिधिसभा सदस्य...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो...

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको...

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

प्रधानमन्त्रीद्वारा खेलाडीलाई विजयको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली क्रिकेट टोलीका खेलाडीलाई आज...

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

धनुषाका ८४ प्रतिशत किशोरीलाई पाठेघर क्यान्सर रोगको विरुद्ध खोप लगाइयो

जनकपुरधाम । धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरकोे मुखको क्यान्सर...