back
CTIZAN AD

किन बढ्दै छ नेताहरुमा विदेश यात्राको लर्को ?

वि.सं.२०७५ भदौ ३१ आइतवार

579 

shares

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चीन भ्रमणमा छन् । यसैगरी पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल वितेका केही महिना धेरै देशको भ्रमणमा पुगे भने अर्का पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई अमेरिका भ्रमणमा व्यस्त छन् । यसैगरी पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल युरोप भ्रमणमा व्यस्त छन् भने नेकपाका वरिष्ठ नेता नारायणकाजी कार्यकर्ताको दलबल सहित चीन भ्रमणमै छन् ।


पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण सकेर प्रतिक्रिया सेलाउन नपाउँदै सपरीवार चीन भ्रमणमा छन् भने प्रतिनिधिसभाको व्यस्ततालाई पन्छाउँदै चिनियाँ आतिथ्यता लिएर फर्केका सभामुख कृष्ण बहादुर महरा कानुन पास गराउने धपेडीमा छन् । प्रचण्ड र महरा निकट मानिने सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुन पासाङ पनि चीनको औपचारिक भ्रमणका लागि तम्तयार छन् ।

यसैगरी नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको हेनान प्रान्त भ्रमणका लागि मन्त्रीपरिषद्ले भ्रमण स्वीकृति दिएको छ भने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सेप्टेम्बर २४ देखि चीनको सिचुआन भ्रमणको स्विकृति पाइसकेका छन् ।

यसबीच प्रचण्डको भारत भ्रमण निकै चर्चामा रह्यो । प्रचण्डको भ्रमणसँगै उनले अभिव्यक्त गरेका कतिपय शब्द मुलुकका लागि राम्रो नरहेको प्रतिक्रिया आयो भने नेपालसँग नझस्काउने र नतर्काउने हिसाबमा प्रचण्ड भ्रमण फलदायी भएको पनि टिप्पणी आयो ।

‘परिवारका सदस्य’ भ्रमणका रुपमा पारदर्शी नभएको प्रतिक्रिया समेत यसबीचमा आए । भारत भ्रमण लगत्तै नेकपामा बढाइएको अविस्वास र आशंका मेटाउन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ‘घनले हान्दा पनि प्रचण्ड जी र मेरो एकता नटुट्ने’ कुरो बोल्नु प¥यो । भारत लगत्तै उनी चीनको भ्रमणमा गए । उनी जत्तिको व्यत्तित्व त्यहाँ पुग्दा ‘राष्ट्रपति सँगको भेटवार्ता’ मिलाउनु पर्दथ्यो भन्नेहरु पनि छन् । तर, चिनियाँ आत्मीयतामा सरकारात्मक प्रभाव थप्ने हिसाबले प्रचण्डको भ्रमण गरिएको भनिएको छ ।


पूर्वप्रधाानमन्त्री तथा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराई आजकल घुमफिरमा बढी लागेको देखिन्छ । पत्नी हिसीला यमीलाई साथै लिएर हिडेका उनले पूँजीवाद–समाजवाद र साम्राज्यवादको पछिल्लो सम्बन्ध बारे गहिराइमा पुगेर अध्ययन गर्ने बताएका छन् । उनको भ्रमण अमेरिकी सरकारको औपचारिक निमन्त्रणामा नभएकोले धेरै टिप्पणी गरिएको छैन ।
कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो नेपाल कांग्रेसको बैठक बसेर महत्वपूर्ण निर्णय गराउनु पर्ने बेलामा रामचन्द्र पौडेल १० दिन लामो युरोप भ्रमणमा निस्केका छन् । उनको राजकिय र औपचारिक भ्रमण नभएपनि विभिन्न समिति सहित कांग्रेसलाई पूर्ण बनाउने महत्वपूर्ण क्षणको संघारमै उनी हिंडेका छन् । उनको हिडाइ ‘देउवालाई स्वाद दिनका लागि हो’, भन्नेहरु पनि छन् ।


हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको कार्यक्रममा जाने निश्चित जस्तै भएका बेला पाकिस्तानका प्रधामन्त्रीले ‘राष्ट्र निर्माण’ को कारण देखाएर आफू त्यहाँ नजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधब कुमार नेपाल, डा. बाबुराम भट्टराई, रामचन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ जस्ता नेता मात्र होइन, उपराष्ट्रपति पुन र मुख्यमन्त्रीहरु समेतको विदेश भ्रमणको योग मुलुकमा अहिले टिप्पणीको विषय बनेको छ । ‘सित्तैमा पाए अलकत्रा र गाडी पाए कलकत्ता’ भन्ने पुरानो उखान सुहाइरहने नेपाली नेतालाई यतिबेलै भ्रमणको चटारो किन परेको होला ?

 

वि.सं.२०७५ भदौ ३१ आइतवार १४:०९ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...