back

चिनीया आश्वासनबाट मडुरो उत्साहित

वि.सं.२०७५ भदौ ३१ आइतवार

264 

shares
GLOBAL IME AD
NTC AD

३१ भदौ, काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएको छ ।

मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन ।

विश्लेषकहरुले सरकारले तेल उत्खनन र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पीडीभीएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको छ र तेलको खोजमा लगानी हुन सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था छ ।

चीनको भ्रमणमा रहेका राष्ट्रपति मडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, “तेलको उत्पादन, सुनको उत्पादनका साथै ५०० भन्दा बढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।”

राष्ट्रपति मडुरो शुक्रबारदेखि बेइजिङको भ्रमणमा रहेका छन ।

मडुरोलाई चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गरेको थियो । उनले चिनीया विकास बैंक र चिनीया राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग भेटघाट गरेको छ ।

बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । भेनेजुएलाले चीनलाई तेल बिक्री गरी ऋणको भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन २०१६ देखि केही लचक नीति लिएको छ ।

मडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु ५ अर्ब डलर ऋणका बारेमा छलफल भए नभएको केही खुलाएन ।

भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति मडुरो थप ५ अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुनेछ ।

भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पीडीभीएसएलाई सन २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रुपमा कालोसूचीमा राखिएको थियो ।

शुक्रबार राष्ट्रपतिले ऊर्जा र खनिज उत्खनन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । श्री मडुरोले यी परियोजनाका लागि चीनबाट अर्बौं डलर लगानी हुने अपेक्षा गरिएको बताए ।

भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेलले ओगटेको छ ।

मडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छाडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन ।

शनिबार काराकासमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएको छ । भेनेजुएलाका नागरिकले मडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यक रहेको बताएको थियो ।

राष्ट्रपति मडुरोले संयुक्तराज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १२:५९ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...