back
CTIZAN AD

चिनीया आश्वासनबाट मडुरो उत्साहित

वि.सं.२०७५ भदौ ३१ आइतवार

579 

shares

३१ भदौ, काराकास । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताएको छ ।

मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा विगत तीन दशकमा तेल उत्पादनमा लगानी वृद्धि हुन सकेको छैन ।

विश्लेषकहरुले सरकारले तेल उत्खनन र प्रशोधनका क्षेत्रमा पर्याप्त ध्यान नदिँदा राज्य सञ्चालित पीडीभीएसएको पूर्वाधार कमजोर अवस्थामा पुगेको छ र तेलको खोजमा लगानी हुन सकेको छैन । तेलबाट आर्जित राजश्व वित्तीय घाटाको व्यवस्थापनमा मात्र प्रयोग गर्नुपर्ने अवस्था छ ।

चीनको भ्रमणमा रहेका राष्ट्रपति मडुरोले राज्य सञ्चालित टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भने, “तेलको उत्पादन, सुनको उत्पादनका साथै ५०० भन्दा बढी विकास परियोजनामा वित्तीय लगानी गर्ने चीनको प्रतिबद्धता आएको छ ।”

राष्ट्रपति मडुरो शुक्रबारदेखि बेइजिङको भ्रमणमा रहेका छन ।

मडुरोलाई चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङमा स्वागत गरेको थियो । उनले चिनीया विकास बैंक र चिनीया राष्ट्रिय पेट्रोलियम निगमका पदाधिकारीसँग भेटघाट गरेको छ ।

बेइजिङबाट यसअघि नै ५० अर्ब अमेरिकी डलर ऋण लिएको भेनेजुएलाले अझै २० अर्ब डलर भुक्तानी गर्न बाँकी छ । भेनेजुएलाले चीनलाई तेल बिक्री गरी ऋणको भुक्तानी पनि गरिरहेको छ । चीनले भेनेजुएलालाई उपलब्ध गराएको ऋणको भुक्तानीमा सन २०१६ देखि केही लचक नीति लिएको छ ।

मडुरोले थप ऋण वा भुक्तानीका बारेमा वा अरु ५ अर्ब डलर ऋणका बारेमा छलफल भए नभएको केही खुलाएन ।

भेनेजुएलाको इकोएनालिटीकाले राष्ट्रपति मडुरो थप ५ अर्ब डलर ऋण लिएर चीनबाट फर्किने सम्भावना रहेको जनाएको छ । साथै भुक्तानी गर्नुपर्ने ऋणको समयसीमा समेत वृद्धि हुनेछ ।

भेनेजुएला र यसको राज्य सञ्चालित कम्पनी पीडीभीएसएलाई सन २०१७ मा ऋण नतिरेको आरोपमा आंशिक रुपमा कालोसूचीमा राखिएको थियो ।

शुक्रबार राष्ट्रपतिले ऊर्जा र खनिज उत्खनन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । श्री मडुरोले यी परियोजनाका लागि चीनबाट अर्बौं डलर लगानी हुने अपेक्षा गरिएको बताए ।

भेनेजुएलाको कच्चा तेल उत्पादन अगष्ट महिनामा प्रतिदिन १४ लाख ब्यारेल थियो । सन २००२ र २००३ यता यो नै सबैभन्दा न्यून उत्पादन हो । भेनेजुएलाको कूल राष्ट्रिय आम्दानीको ९६ प्रतिशत तेलले ओगटेको छ ।

मडुरोको सरकारले अर्थतन्त्र धरासायी हुनबाट रोक्नका लागि मुद्राको अवमूल्यन गरेको थियो । भेनेजुएलाका १६ लाखभन्दा बढी मानिस खाद्यान्न र औषधिको अभाव भएपछि आफ्नो देश छाडेर दक्षिण अमेरिकाकै अन्य मुलुकमा पलायन भएका छन ।

शनिबार काराकासमा उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकन स्टेट अर्गनाइजेसनका प्रमुख लुइस अल्माग्रोले दिएको चेतावनीका विरुद्धमा राष्ट्रसंघ समक्ष आवाज उठाउने बताएको छ । भेनेजुएलाका नागरिकले मडुरो सरकारका कारण दुःख पाएको भन्दै अल्माग्रोले भेनेजुएलामा सैनिक हस्तक्षेप आवश्यक रहेको बताएको थियो ।

राष्ट्रपति मडुरोले संयुक्तराज्य अमेरिकाका कारण आफ्नो मुलुकले विभिन्न समस्या झेल्नुपरेको आरोप लगाउँदै आएको छ ।

वि.सं.२०७५ भदौ ३१ आइतवार १२:५९ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...