back
CTIZAN AD

आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ–सभापति देउवा

वि.सं.२०७३ कात्तिक ३ बुधवार

810 

shares

ser bahadur deuwa

३ कात्तिक,काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो “महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ, यसैबाट महिला सशक्तीकरण हुन्छ ।”

“महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र” विषय आजदेखि सुरु भएको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षाले मात्र महिलाको चौतर्फी विकासमा सहयोग पु¥याउँछ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला नेत्रीको सहभागिता रहेको छ ।

सभापति देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको चर्चा गर्नुभयो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पाकिस्तान र भारतका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को शिखर सम्मेलन आयोजना गर्न अध्यक्ष देशका रुपमा नेपालले पहल गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व प्रदान गरिरहँदा विश्वमा नयाँ सन्देश गएको चर्चा गर्दै नीति निर्माण तहमा महिला सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १०:३८ मा प्रकाशित

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

बझाङमा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी

चैनपुर (बझाङ) । प्रतिनिधिसभा निर्वाचन बझाङमा नेकपा (एमाले)का उम्मेदवार ऐनबहादुर...

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

प्रतिनिधिसभा निर्वाचन : रास्वपा २७ स्थानमा विजयी, ९० क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले...

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

नेमकिपाका सुवाललाई हराउँदै भक्तपुर–१ मा रास्वपाका रन्जित विजयी

भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान...

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन-२ मा भारी मतसहित रास्वपा सभापति लामिछाने विजयी

चितवन । चितवन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका...

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महाविर पुन विजयी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार डा. महाविर...

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

प्रतिनिधिसभा निर्वाचन : यी हुन् रास्वपाका हालसम्म विजयी उम्मेदवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...