Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

विद्यालय पुनःनिर्माणका लागि प्रवासीद्वारा आर्थिक सहयोग



 ३ कात्तिक,फलेवास (पर्वत) । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

भूकम्पले भत्काएको दलित समुदायका विद्यार्थीले मात्र अध्ययन गर्ने शङ्करपोखरी–८ स्थित बालज्योति प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि
कुश्मामा घर भई हाल लण्डनमा बस्दै आएका दीपकराज जोशीको सक्रियतामा माइडस्टोन गोर्खा नेपालीज् कम्युनिटी युकेमार्फत सङ्कलन भएको रु पाँच लाख ६६ हजार मङ्गलबार आयोजित कार्यक्रममा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सो विद्यालय भूकम्पका कारण पूर्णरुपले भत्किँदा पठानपाठनमा समस्या भएको थियो । विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त रकम सहयोग गरेको दाता जोशीले भनाइ छ । लण्डनमा बस्दै आएका नेपालीले भूकम्पबाट प्रभावित बनेका विद्यालयको पुनःनिर्माणका लागि थप सहयोग पनि उठाउने र भविष्यमा विपद्मा परेका जुनसुकै विद्यालयलाई पनि आफूहरु सहयोग गर्न इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारीले व्यक्तिगत रु १० हजार र व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर विक र शिक्षक अभिभावक सङ्घका अध्यक्ष जुद्धबहादुर विकले रु ५÷५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले भूकम्पग्रस्त विद्यालयको पुनःनिर्माणमा प्रवासीले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

२०४७ सालमा स्थापना भएको विद्यालयमा हाल ८२ दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम