back
CTIZAN AD

विद्यालय पुनःनिर्माणका लागि प्रवासीद्वारा आर्थिक सहयोग

वि.सं.२०७३ कात्तिक ३ बुधवार

978 

shares

 ३ कात्तिक,फलेवास (पर्वत) । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको यहाँको एक विकट गाउँको विद्यालय पुनःनिर्माण लागि प्रवासमा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

भूकम्पले भत्काएको दलित समुदायका विद्यार्थीले मात्र अध्ययन गर्ने शङ्करपोखरी–८ स्थित बालज्योति प्राथमिक विद्यालयको पुनःनिर्माणका लागि
कुश्मामा घर भई हाल लण्डनमा बस्दै आएका दीपकराज जोशीको सक्रियतामा माइडस्टोन गोर्खा नेपालीज् कम्युनिटी युकेमार्फत सङ्कलन भएको रु पाँच लाख ६६ हजार मङ्गलबार आयोजित कार्यक्रममा विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

सो विद्यालय भूकम्पका कारण पूर्णरुपले भत्किँदा पठानपाठनमा समस्या भएको थियो । विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त रकम सहयोग गरेको दाता जोशीले भनाइ छ । लण्डनमा बस्दै आएका नेपालीले भूकम्पबाट प्रभावित बनेका विद्यालयको पुनःनिर्माणका लागि थप सहयोग पनि उठाउने र भविष्यमा विपद्मा परेका जुनसुकै विद्यालयलाई पनि आफूहरु सहयोग गर्न इच्छुक रहेको उहाँले उल्लेख गर्नुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद तिवारीले व्यक्तिगत रु १० हजार र व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर विक र शिक्षक अभिभावक सङ्घका अध्यक्ष जुद्धबहादुर विकले रु ५÷५ हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले भूकम्पग्रस्त विद्यालयको पुनःनिर्माणमा प्रवासीले गरेको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।

२०४७ सालमा स्थापना भएको विद्यालयमा हाल ८२ दलित समुदायका विद्यार्थी अध्ययनरत छन् । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १०:३९ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...