back

आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ–सभापति देउवा

वि.सं.२०७३ कात्तिक ३ बुधवार

450 

shares
GLOBAL IME AD
NTC AD

ser bahadur deuwa

३ कात्तिक,काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नुभयो “महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ, यसैबाट महिला सशक्तीकरण हुन्छ ।”

“महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र” विषय आजदेखि सुरु भएको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षाले मात्र महिलाको चौतर्फी विकासमा सहयोग पु¥याउँछ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला नेत्रीको सहभागिता रहेको छ ।

सभापति देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको चर्चा गर्नुभयो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पाकिस्तान र भारतका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग (सार्क) को शिखर सम्मेलन आयोजना गर्न अध्यक्ष देशका रुपमा नेपालले पहल गरेको जानकारी दिनुभयो ।

उहाँले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व प्रदान गरिरहँदा विश्वमा नयाँ सन्देश गएको चर्चा गर्दै नीति निर्माण तहमा महिला सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस

वि.सं.२०७३ कात्तिक ३ बुधवार १०:३८ मा प्रकाशित

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’ शीघ्र विकास र सुशासनका लागि सरकार तल्लीनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

टिउसन पढ्न बोलाएर बालिकामाथि यौन दुर्व्यवहार

स्याङ्जा । स्याङ्जामा एक शिक्षकले टिउसन पढ्न बोलाएर विद्यार्थीमाथि यौन...

चिया बेचेरै मासिक ५० हजार आम्दानी

चिया बेचेरै मासिक ५० हजार आम्दानी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगीहाट बजारका खवास दम्पतीले चिया...

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङ आज ‘ब्रेक थ्रु’

लुम्बिनी । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य...