back

मनको मोती

वि.सं.२०७५ असोज १ सोमवार

225 

shares

 

किरणको मनको मोतीले छोडेर गएको दुई दशक नाघिसक्यो । मोतीपश्चात् उसको सम्झना भुलाउने बहानामा मित्र बनाएर पालेको लक्की र रक्कीले समेत मोतीकै बाटो पछ्याइसके तर पनि मोतीलाई भने भुल्न सकेको छैन किरण । ‘मोती बोल्न सक्ने हुँदो हो त निकै ज्ञानको कुरा सिकाउँथ्यो होला ?’ किरण आफैले आफैलाई ‘धत्’ भन्छ— ‘म कहाँ उडिराखेको छु ? जो बित्नु बिति त सक्यो, कोहीसित कुरो ग¥यो, हाँस्छन् बौलाहाजस्तो मान्छे भनेर ।’

तपतप आँसुका ढिका खस्न थाल्छन्, किरण आपैmलाई प्रश्न गर्छ— ‘धत्, के भएको होला मलाई ? यस्तो सामान्य कुरामा पनि भावुक हुने र आँसु नै टप्कने गरी ? अरूले सुने भने गलल्ल हाँस्न बेर छैन ।’ फेरि सोच्छ— ‘ल म त एकछिन भावुक भएर आँसु झारेँ वा एकछिनका लागि म बहुलाएँ रे तर यी साकेको (परम्परागत जापानी रक्सी) गिलास, फल, पूmलका गुच्छा चढाएर झुक्दै श्रद्धासुमन व्यक्त गर्ने जापानीहरूलाई के भत्रे ?’ किरण आँसु रोक्न मनलाई अन्तै दौडाउन चाहन्छ तर सक्दैन । ऊ एकैछिन लामो श्वास फेरेर मनलाई स्थिर बनाउन खोज्छ तर उसको दृष्टि एकोहोरो त्यही सालिकमाथि बस्छ ।

जापानको राजधानी टोक्योको पश्चिमी भागको केन्द्रबिन्दु सिबुया स्टेसन वा उत्तरी ढोका अर्थात् जापानको प्रसिद्ध ‘हाचिको पार्क’ मानव संवेदनशीलताको एक अनुपम उदाहरण बनेको स्थान जहाँ पुगेपछि त्यो हाचिकोको सालिक र त्यसमाथि जापानी नागरिकको श्रद्धालाई एकछिन सोच्ने हो भने भावविह्वल नहुने मानव को होला ? आखिर किरण पनि त यही समाजको एउटा पात्र हो— भावनामा बहकियो । रोक्दारोक्दै उसका दुवै आँखा रसाएर टप्किन थाले । बगलीबाट रुमाल निकालेर आँखा पुछ्न थाल्यो ।

किरण टोक्यो पुगेको दुई हप्ता मात्र भएको थियो । घुम्ने क्रममा समय बिताउन दैनिक एक पटक पुग्ने गथ्र्यो हाचिको पार्क । किरण हुर्केको समाज र जापानी समाजमा अकल्पनीय भित्रता थियो— कहाँ आफ्नो कारणले अरूले दुःख नपाओस् भत्रे महानता कहाँ अरूलाई दुःख दिएर रमाउने निकृष्टता ! जापानीहरूको बोल्ने मिठास, सहयोगी भावना अनि कोमल हृदय देख्दा लाग्थ्यो— हामी त २ सय ११ वर्ष पुरानो अवस्था र सोचमै छौँ वा प्रचीन मानवबस्तीमै छौँ । कहाँ मानवीय संवेदनशीलताको बीउ खोज्नुपर्ने समाज कहाँ संवेदनशीलताको विशाल महासागर ? कहाँ सामन्ती सोचको बूढो वृक्ष ? कहाँ मानवीय मूल्य र मान्यताको अग्लो शिखर ?

किरणको मन बारम्बार त्यही सालिकवरिपरि घुमिरह्यो । चढाएको भेटी, फल, पूmलका गुच्छा, साकेको गिलास देखेर किरण अचम्मित भयो । न त त्यो कुनै चाडपर्व थियो न त कुनै विशेष दिन ! मनका धनी जापानीहरू त्यो हाचिकोको अद्भुत व्यवहारदेखि भावविह्वल भएर कसलाई कहिले अनुकूल हुन्छ त्यही समय श्रद्धासुमन चढाउने गर्दा रहेछन् । अझ मज्जा भनौँ कि गम्भीर कुरो त के भने त्यसरी चढाएको फल, साके अनि खानाबाट त्यहाँ वरिपरि बस्ने केही घरबारविहीन जापानीहरूका लागि गुजारा गर्ने स्रोत बनेको छ त्यो सालिक ।

‘स्वार्थले वशीभूत भएर अर्काको ज्यान मार्ने मानवसंसारमा त्यस्तो जनावर पनि छ जो मित्र (मालिक) को अनुपस्थितिमा उसलाई कुरेरै प्राण त्याग गर्छ तर अन्त जाँदैन । कस्तो महान् मन त्यो हाचिकोको ?’ —सोच्दै फेरि भावुक भयो किरण । तामा रङमा बनाइएको हाचिकोको सालिकअगाडि बसेर पर्खिएको घण्टौँ बित्दा पनि किरणका मित्र आइपुगेका थिएनन् । किरणको मन एक्कासि दशकौँ अगाडिको मोतीमाथि पुग्यो ।

किरणले घरमा मोती नामको साथी पालेको थियो । एक दिन रुवाउँदै मरेर गयो तर जहिले पनि जब त्यो प्राणी देख्छ, उसको मनमा मोतीको अनुहार नाच्न थाल्छ र किरण भावुक भइहाल्छ ।

किरणको मोती जसलाई उसले आँखा खुलेकै दिन आफ्नो नातेदारको घरबाट एउटा हत्केलामा राखेर सुमसुम्याउँदै, गालामा टाँस्दै खुसी भएर ल्याएको थियो । प्लास्टिकको बोतलबाट दूध पियाएर आफ्नै ओछ्यानमा हुर्काएको मोती जब ठूलो भयो, ऊ एउटा अपत्यारिलो स्वभाव देखाउन थाल्यो । सुरुसुरुमा त बिरामी प¥यो कि भनेर चिन्ता पनि हुन्थ्यो ।

किरण विगतमा भुल्छ— ‘प्रत्येक आइतबार मोती उपवास बस्थ्यो । अरू दिन मासुको गन्ध थाहा पायो कि भान्छावरिपरि पुच्छर हल्लाएर घुम्ने मोती आइतबार भने मुखमा कोच्याइदिँदा पनि ख्याकख्याक गर्दै भाग्थ्यो । रिसाएझैँ गरी ऊ अगाडि नै आउँदैनथ्यो । उसको भाँडोमा हालिदिएको खानेकुरा पनि कहिल्यै खाँदैनथ्यो । प्रत्येक बिहान ढोका खोल्नेबित्तिकै मेरो ओछ्यानमा आएर लडिबुडी गथ्र्यो ।’

अति व्यस्त सिबुया स्टेसन जहाँ एकै पटकमा हजारौँ सवारीको आवागमन हुन्छ । सबैको हतारो, सधैँको चटारो जापानीहरूको दैनिकी किरणका लागि अनौठो थियो । त्यो ठूलो भीडमा एक्लो किरण मित्रको प्रतीक्षामा बसि नै रहेको छ । अगाडिको सालिकले किरणलाई मोतीलाई सम्झन घचघच्याइरहेको छ आखिर गरोस् पनि के ? बोल्ने साथी कोही नभएको समयमा ?

अरूभन्दा पनि किरणलाई मोतीका अन्तिम दिनहरू सधैँ याद आइरहन्छन् । मोतीले भर्खर चार वर्ष काटेको थियो । अचानक उसको पछिल्लो भाग शिथिल भयो । पछाडिका खुट्टाहरूले काम गर्न छोडे । अगाडिका दुई खुट्टाको बलले ऊ शरीरलाई घिसारेर यताउति गथ्र्यो । उसका आँखामा आँसु तर्किन थाले । अस्पताल पु¥याएको त हो किरणले तर औषधिले कामै गरेन । अन्तिम दुई–तीन दिन मोतीले अचम्मकै हर्कत देखायो । जति चोटि बोकेर उसलाई उसको ओछ्यानमा पु¥याइदियो सकीनसकी घस्रेर बाहिरै जान्थ्यो । एक चोटि त गाली पनि खायो, बिचरा बोल्न सक्ने भए त मनको बिलौना गथ्र्यो होला नि ! यसो किरणको मुखमा हे¥यो, त्यत्ति । उसको मृत्युपश्चात् मात्रै अनुमान ग¥यो किरणले— मोतीको अन्तस्करणले जीवनयात्रा पूरा भएको थाहा पाइसकेको रहेछ । त्यसैले घरभित्र मरेर ऊ अगति हुन चाहँदैनथ्यो होला सायद….. ।

हुन पनि प्रत्येक आइतबार व्रत बस्ने मोतीलाई त्यस्तो अन्तज्र्ञान भएकै हुनुपर्छ । अन्तिम दिन त्यसै गरी बगैँचामा सुतिरहेको मोतीलाई बोकेर उसको ओछ्यानमा राखिदिएको थियो किरणले । मोतीका आँखाबाट आँसु झरिरहेका थिए । ‘यताउति जाने होइन नि’ भनी हप्काउँदै उसको टाउको सुमसुम्याएर खाना आगाडि राखिदिएको थियो किरणले तर उसले वास्तै गरेन । भोक लागे खाला नि भनी किरण सुत्न गएको थियो ।
अर्को दिन बिहान नियमित ढोकामा कुइँकुइँ गर्ने मोतीको चालचोल थिएन । किरण सशङ्कित भयो— ‘ए मोती, कता छस्’ भन्दै उसको ओछ्यानतर्पm गयो । मोतीले टसमस नगरेको देखेर टाउकोमा हात राखेर ब्यूँझाउन खोज्यो ! मोती कहिल्यै नब्यूँझने गरी सुतिसकेछ । शरीर अररो भइसकेछ । किरणले रुँदै आमालाई बोलायो— ‘आमा मोती…. !’

‘के भो मोतीलाई ?’ आमा के भन्दै थिइन्, तर मोतीले छोडेर गइसकेछ ।

‘यस्तै हुन्छ भनेर हो मैले कुकर नपालौँ भनेको, छोराछोरीझैँ हुर्कायो, बढायो रुवाएर जान्छन्’ भन्दै आमा भान्छातिर लागिन् । किरणले मोतीलाई बगैँचामा लगेर गाड्यो र त्यसमाथि बिरुवा रोप्यो अर्को दिन— मोतीको सम्झनामा ।

त्यही मोतीको मित्र किरण आज फेरि टोक्योको सिबुयामा रहेको हाचिकोको कथाले भावुक भएको छ— The Faithful Dog Chuken Hachiko। ‘किन भगवान्ले कुकुर बनाए ?’ ऊ मनमनै प्रश्न गर्छ । किरणको मनमा घुमीफिरी हाचिकोको मित्र कि मालिक ? प्रोफेसर उइनो UENO र उसको प्रेमपूर्ण भावको विशालताको मापन दौडिरहन्छ । करिब आठ दशक पुग्न लागेको त्यो हाचिकोको सालिक र कथा कुनै सामान्य मानिसको भन्दा अतुलनीय छ ।

प्रोफेसर र हाचिको प्रत्येक दिन स्टेसनसम्म सँगै आउँथे । हाचिको घर फर्कन्थ्यो, बेलुका फेरि लिन आउँथ्यो । त्यो दृश्य त्यहाँ यात्रा गर्ने अरू जापानीलाई पनि थाहा थियो । एक दिन प्रोफेसर उएनोको हृदयाघातद्वारा कार्यालयमै जीवनलीला समाप्त भयो । हाचिको प्रत्येक दिन उही समयमा स्टेसन आउँथ्यो अनि अन्तिम रेलको समयसम्म कुथ्र्यो र घर फर्कन्थ्यो । त्यो क्रम निरन्तर दश वर्षसम्म चल्यो । कसैले हाचिकोलाई उपचार गरिदिन्थे त कसैले खाना खुवाउँथे । एक दिन (03-08-1935) हाचिकोको त्यही स्टेसनअगाडि मृत्यु भयो । हाचिकोको Loyalty देखेर प्रभावित भावुक जापानीहरूले सालिक बनाएर आजसम्म उसको सम्झना र उसप्रति श्रद्धासुमन चढाइरहेछन् । यही कथाले किरणको आँखा रसाएको थियो ।

“किरण !” पछाडिबाट माधवले धाप मार्दै सोध्यो, “के भो, उदासजस्तो देखिन्छौ त ?”

“ठीकै छ । तिमी ढिला आएर मलाई मेरो अतीतमा फर्कने मौका दियौ”, किरण भावुक थियो, “तिमीलाई थाहा छ यो हाचिकोको सालिकको कहानी ?” किरणले चार वर्ष टोक्योमा बिताइसकेको माधवलाई सोध्यो । “धत् किरण ! तिमी पनि, त्यो कुकुरको सालिक त हो ! के जात्रुप¥यो ?”
माधवको जबाफ सुनेर किरणले भन्यो, “त्यसो होइन यार । यो हाचिकोको कथा मननयोग्य छ ।”

किरणले हाचिकोको कथा सुनायो । माधव पनि एकछिन टोलाएजस्तो भयो र भन्यो, “अचम्म ! यो त मानिसभन्दा धेरै गुणा…”
किरण र माधव गन्तव्यतिर लागे ।

किरणको मनको मोतीले छोडेर गएको दुई दशक नाघिसक्यो । मोतीपश्चात् उसको सम्झना भुलाउने बहानामा मित्र बनाएर पालेको लक्की र रक्कीले समेत मोतीकै बाटो पछ्याइसके तर पनि मोतीलाई भने भुल्न सकेको छैन किरण । ‘मोती बोल्न सक्ने हुँदो हो त निकै ज्ञानको कुरा सिकाउँथ्यो होला ?’ किरण आफैले आफैलाई ‘धत्’ भन्छ— ‘म कहाँ उडिराखेको छु ? जो बित्नु बिति त सक्यो, कोहीसित कुरो ग¥यो, हाँस्छन् बौलाहाजस्तो मान्छे भनेर ।’

किरण जहिले सिबुया स्टेसन पुग्थ्यो, एक पटक हाचिकोको सालिकलाई हेथ्र्यो, छुन्थ्यो । धेरै पटक अरूको फोटो खिचिदियो हाचिकोसित अनि आफ्नो पनि खिच्यो । मोती र हाचिको मनका मित्र बनेका छन् किरणका लागि ।

वि.सं.२०७५ असोज १ सोमवार १०:०२ मा प्रकाशित

अबस्था बदल्ने अभिभारा र क.प्रचण्डको जन्मदिन

अबस्था बदल्ने अभिभारा र क.प्रचण्डको जन्मदिन

आज बिहान चाबहिल तरकारी बजारको छेउनेरको चियापसलमा बसिरहेकै बेला दुईजनाले...

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

नेपालमा पशुपालन व्यवसायीहरुको समस्याहरु

पशुपालन मुख्यतः ग्रामीण क्षेत्रको जनजीवन र कृषि प्रणाली जोडिएको छ।...

नेपालमा गाँजा खुल्ला नर्गनुका रहस्हयहरु र नेपालले गुमाइरहेकाे अवसरहरु

नेपालमा गाँजा खुल्ला नर्गनुका रहस्हयहरु र नेपालले गुमाइरहेकाे अवसरहरु

गाँजा सेवनका केही नकारात्मक असरहरु क्यानाबिस (गाँजा)सेवनको नकारात्मक असर बारे...

नेपालमा रैथाने बाख्रापालनको  वर्तमान अवस्था र आर्जनको सम्भावना

नेपालमा रैथाने बाख्रापालनको  वर्तमान अवस्था र आर्जनको सम्भावना

बाख्राको परिचय बाख्रा एउटा घाँसपात खाने स्तनधारी जनावर हो, जसलाई...

जीवनमा उँचाइ हासिल गर्न न्यायाधिस टिएन कुँवरको १० टिप्स

जीवनमा उँचाइ हासिल गर्न न्यायाधिस टिएन कुँवरको १० टिप्स

उँचाइ हासिल गर्नका लागि न्यायाधिस टिएन कुँवर केही प्रमुख सूत्रहरूलाई...

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित

किएभ, युक्रेन । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम...